Time

Ticker

6/recent/ticker-posts

पुर्वमन्त्री महादेव गुरुङद्वारा खाध्यान्न वितरण

असोज २८ गते ०७८, पोखरा 


तीनचुली नेपाल काठमाडौंकाे सामाजिक सेवाकाे अभियानलाई निरन्तरता दिंदै गरिब तथा अति विपन्न वर्गका मानिसलाई लक्षित गरि पुर्वमन्त्री एवं तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङले राहात बितरण गर्नुभएको छ।

 काेराेना कहरबाट थिलाे थिलाे भएका जनतालाई नेपालीहरुकाे महान् चाड बडादशैंमा केही न केही भएपनि राहत् मिलाेस् भन्ने उद्देश्यले कास्की क्षेत्र नं ३ अन्तर्गतका  गाउँ वस्तीमा सुरु गरिएकाे  खाध्यान्न वितरण कार्यक्रम अष्टमीका दिन  सम्पन्न भएकाे  छ।काेराेना कहरबाट पीडित जनताहरुले खाध्य सामाग्री बुझ्ने क्रममा तीनचुली नेपाल काठमाडौंप्रति हार्दिक अाभार व्यक्त गरे।वितरण गरिएकाे खाध्यान्न सामग्रीमा  ५०० बाेरा साेना मन्सुली  चामल र ५०० लिटर खाने  तेल रहेकाे थियाे । 


विद्यार्थी नेता पशुपति भट्टराईले अन्याय, अफ्ठ्यारो र आपत्मा परेकालाई सेवा गर्नु नै  मानव धर्म हाे ;मानव कल्याणमा लाग्नु नै अ।जकाे टड्काराे अावश्यकता रहेकाे भन्दै सबै त्यसैमा लाग्न अाह्वान गर्नुभयाे।


लाचाेक ,घाचाेक ,धिताल धम्पुस,नाउँडाडा,ढिकुरपाेखरी,भिचाेक,लुम्ले,कांडे भदाैरे,सराङ्काेट,कास्कीकाेट,चापाकाेट,पुम्दिकाेट,रिवान लगायत अन्य ठाउँ  हुँदै रामघाट खाेलाछेउ बस्ने दैनिक ज्याला मजदुरी गरि बस्ने दुई घरधुरीलाई दिइयाे।केही छुटेका  ठाउँहरुमा यथाशक्य पुग्ने याेजना रहेकाे पुर्व जिविस सदस्य  हरि प्र.लामिछानेले बताउनुभयाे।



Post a Comment

0 Comments