Time

Ticker

6/recent/ticker-posts

राष्ट्रिय मावीलाई चौबीस घण्टे अल्टिमेटम दिदै बिज्ञप्ती बुझाए ~ भुपु बिद्यार्थी

२१ माघ ०७७,पोखरा

 पोखरा महानगरपालिका वडा नं १ टुडिखेल अन्तरगत रहेको राष्ट्रिय माध्यमिक बिधालयका भुपु विद्यार्थीको तर्फ बाट शिव बुढाघरेको समुहले बुधबार बिधालयका निमित्त प्रअ बेदप्रसाद वस्तीलाई क्याम्पस प्रशासन को तालाबन्दी फुकुवा गरि विद्यार्थी पठनपाठनमा सहज बाताबरण सिर्जना गरियोस भन्दै चौबीस घण्टे अल्टिमेटम दिएका छन। 

एक बिज्ञप्ती जारी गर्दै बुढाघरेले क्याम्पसको कामकाजलाई रोकि समग्र विद्यार्थीको भबिष्यमाथि खेलवाड गर्न नपाइने र उक्त कदम बिधालयको भबिष्यका लागि निकै हानिकारक भएको बताए।

मंसिर ११ गते यस बिधालयमा भएको अग्रेजी शिक्षा तर्फ को शैक्षणिक विधि बिषय को आंसिक परिक्षामा छात्रा विद्यार्थीलाई विभिन्न प्रलोभन मा पारी परीक्षा केन्द्र भन्दा बाहिर पोखरा मनपा ३२ मा पर्ने खोलाको छेउ को होटेलमा लगि परीक्षा दिन लगाएको थियो।परीक्षा दिने क्रममा शिक्षकले मदिरा सेवन गरि अनैतिक कृयाकलाप गरेको पुष्टि हुन आएको थियो साथै दोशी शिक्षक ले विभिन्न मिडियामा गल्ती सहर्ष स्विकारेको अवस्थामा पनि कार्बाहीको लागि पहल नगरेको भन्दै यसै भुपु विद्यार्थी समुहले गत पुष २७ गते ध्यानाकर्षण गराएको थियो।
ध्यानाकर्षण गराएको केही दिनमा बिधालयको उक्त घटनामा आरोपीत तीन जना शिक्षकहरुलाई छानबिनको लागि जिल्ला प्रहरी कार्यलय कास्किले समेत हिरासतमा लिईसकेको छ।उत्तरपुस्तिकाका हस्ताक्षर रहेका कारण प्रअ सुर्य तिवारीलाई समेत जिप्रका कास्कीले हिरासतमा लिएको हो।

बिधालय प्रअ लाई हिरासतमा लिए पछि ब्यबस्थापन समितीले रिक्त ठाउमा निमित्त प्रअको रुपमा पुर्व प्रअ बेदप्रसाद वस्तीलाई नियुक्त गरेको थियो। यस सगै बिधालयमा केही विद्यार्थीको समूह र शैक्षिक समन्वय समिती ले निर्दोष प्रअलाई फसाउन खोजिएको आरोप लगाउदै बिधालयमा ३ दिनदेखि तालाबन्दी लगाएको हो।
उक्त तालाबन्दीले बिधालयका कामकाजहरु ठप्प भएको बताउदै कक्षा ११ को नतिजा प्रकाशनमा समेत अफ्ट्यारो परेको एक शिक्षकले गुनासो गर्नु भयो। शिक्षक भन्नुहुन्छ” कक्षा १२ को परिक्षाको नतिजा प्रकाशन भै सक्यो,उनिहरुको नतिजामा अनेकौ त्रुटिहरु आएकाछन तर यो तालाबन्दीले गर्दा विद्यार्थीको समस्या समाधान गर्न समेत अफ्ट्यारो परेको छ;”

कार्यक्रममा विद्यार्थी नेता प्रल्हाद अधिकारी,राम अधिकारी,गणेश बुढा,विशाल रेग्मी,शंकर अधिकारी,निरज तिवारी,रोशन गिरि, सागर सुवेदी,सागर पौडेल लगायतको उपस्तिथि रहेको थियो।

निमित्त प्रअ वस्तीले आफुहरु छलफलको लागि तयार भएको र विद्यार्थीको हकहितको लागि सचेत रहेको बताउनु भयो। वस्ती भन्नू हुन्छ” हामी तयार छौ,यदि उहाहरु छलफलमा जुट्नु भयो भने समस्या समाधान हुनेछ;” वस्तिले आफु उक्त पदमा रहेर समस्या भएको छ भने पनि बिधालय र विद्यार्थीको निम्ति यो पद छोड्न तयार रहेको बताउनु भयो।

बुढाघरेले चौबीस घण्टा भित्र सहजता का साथ ताला नखोलिएमा विद्यार्थीहरुको हक हितका निम्ति थप चरणको कार्यक्रम आयोजना गर्ने समेत जानकारी दिएका छन।
कार्यक्रममा बोल्दै भुपु विद्यार्थी शिव पौडेलले आफुहरु सधै विद्यार्थीको पक्षमा रहेको र विद्यार्थीको भबिष्यमाथी खेलवाड गर्न खोज्ने जो कोहि पनि कार्बाहीको भागेदार हुनुपर्ने बताए।

Post a Comment

0 Comments