Time

Ticker

6/recent/ticker-posts

४८ घण्टिय अल्टिमेटम सहित ४ बुदे माग राख्यो नेविसंघ पोखरा विश्वविद्यालय

बुधबार १० मंसिर २०७७, पोखरा 

नेपाली काङ्ग्रेस निकट भात्री संगठन नेपाल विधार्थी संघले विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाएको छ।
पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसमा ४८ घण्टीय अल्टिमेटम सहित ४ बुदे माग राख्दै नेविसंघ पोखरा विश्वविद्यालय मुल इकाई कार्यसमिति सभापति फिरोज सुवेदिको नेतृत्वमा बिज्ञप्ती बुझाएको हो।

लामो समय देखि रिक्त पदहरुको पुर्णकालिन नियुक्ति साथै कोभिड-१९ का कारण रोकिएको स्नातक तहका परीक्षा सम्बन्धि ठोस निर्णय सहित सबैलाई सहज हुनेगरी संचालन गर्न बिज्ञप्ती मार्फत दबाब दिएको छ। 


पोखरा विश्वविद्यालय कार्यरत करार शिक्षकहरूको आन्दोलनलाई केन्द्रित गर्दै विश्वविद्यालय नियमवली २०७६ अन्तर्गत शिक्षक कर्मचारी नियमावली २०५५ को परिक्षेद-०८ को ६२ (क) अनुसार विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विश्वविद्यालयको आलोचना बन्द हड्ताल बाधा बिरोध गर्न नपाईने भएता पनि शिक्षकहरूको उक्त आन्दोलन नियमसंवत्  नरहेको भन्दै नेविसंघ पोखरा विश्वविद्यालयले आपत्ति जनाएको थियो।


 नेविसंघ पोखरा विश्वविद्यालयका सचीव रमेश चन्द्र जोशिले सञ्चालन गरेको उक्त कार्यक्रममा नेविसंघ पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदी, नेविसंघ पोखरा विश्वविद्यालयका नेता डिफान भुजेल, नेविसंघ पोखरा विश्वविद्यालय उपसभापति दिपेन्द्र गौतम, अशिम सुवेदी लगायतको उपस्थिति थियो।

जारी गरेको बिज्ञप्ती मार्फत आफ्नो माग पूरा नभए कडा आन्दोलनको चेतावनी समेत नेविसंघ पोखरा विश्वविद्यालयले दिएको छ।

Post a Comment

0 Comments