Time

Ticker

6/recent/ticker-posts

पुम्दिकोट युवाक्लबको अध्यक्षमा बराल।।।

पोखरा।।। पोखरा २२ पुम्दिभुम्दी अन्तरगत रहेको पुम्दिकोट युवाक्लबको सोर्हौ साधारण सभा तथा  सातौ अधिबेशन बाट गौतम बराल सर्बसहमत रुपमा अध्यक्ष चयन हुनु भएको छ ।शनिबार बिहान ११ बजे सुरु भएको उक्त कार्यक्रमको  संयोजन क्लबका निबर्तामान अध्यक्ष  सुरज बरालले गर्नुभएको थियो।
क्लब का पुर्व अध्यक्ष तथा सल्लाहकार शिवराज बरालको विशेष आथित्यत्तामा सम्पन्न भएको उक्त कार्य समितिमा तेह्र सदस्य हरु रहेका छन। 
नवनिर्वाचित कार्यसमितिको सचीव बिष्णु प्रसाद बराल,उपाध्यक्षमा सबिन  बराल(कोट) र पित्तम बराल,सहसचिव पदमा पवन रामदाम, कोषाध्यक्ष पदमा सुमन बराल तथा सदस्यहरु
नरेश बराल , कमल राज बराल, सुमन बराल(कोट) , सागर बराल (डाडाथोक) , भेसराज बराल र  अशोक बराल चयन हुनुभएको छ। एक जना अपुग महिला सदस्य नवकार्यसमितीले नियुक्त गर्ने छ।
कार्यक्रम संयोजक सुरज बरालले क्लबको प्रगति विवरण साथै अध्यक्षको प्रतिबेदन पेश गर्नुभएको थियो। पुर्व अध्यक्ष एवं निर्वाचन मण्डलका संयोजक शिवराज बरालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो। 
नवनिर्वाचित अध्यक्ष बरालले आफू कटिबद्ध भएर संस्थालाई तिब्र गतिमा अगाडि बढाउने प्रतिबद्धता गर्दै  क्लब को भाबी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो।
क्लबका अग्रज ब्यक्ती सुशील प्रसाद बराल, धुर्वराज बराल,जनकराज बराल लगायत अन्य स्थानीयको पनि कार्यक्रममा उपस्तिथि रहेको थियो।
पुम्दिकोट युवा क्लबलाई पुम्दिभुम्दी पोखरा २२ मा युवा जागरणको लागि बिशेष रुपमा हेरिने गरिन्छ।यस संस्थाले क्लबको भवन निर्माण, ओडारे पिकनिक स्थल निर्माण ,पार्क निर्माण तथा अन्य सामाजिक कार्यमा अग्रसर रहदैआएको छ।
  

Post a Comment

0 Comments