Time

Ticker

6/recent/ticker-posts

पोखरामा बालसंरक्षण विषयक पुनर्ताजगी तालिम सम्पन्न


पोखरा।।। बालहितकारी परियोजना नेपाल(CWSN) को अायोजना र किडाशाको सहयोगमा पोखरा महानगरपालिकाका १० वडाका बालबालिका सम्पर्क व्यक्तिहरुको लागि बालसंरक्षण विषयक पुनर्ताजगी तालिम मंगलबार पोखरामा सम्पन्न भएको छ ।
पो.म.न.पा. प्रवक्ता धनबहादुर नेपालीको प्रमुख अातिथ्यता तथा बालहितकारी परियोजना नेपालका अध्यक्ष गोविन्द राज पहारीको अध्यक्षतामा भएको कार्यक्रममा यस अघि सम्पन्न ३दिने तालिमको पुनरावलोकन, बालक्लब तथा बालमञ्च, बालबालिकामा लगानी, अर्थपूर्ण संस्थागत बालसहभागिता, बालमैत्री वडा घोषण कार्यविधि २०७७, समूदायमा अाधारित बालसंरक्षण संयन्त्र विषयहरूमा CWSN का कार्यक्रम निर्देशक ठाकुर चापागाईं, बालसंरक्षण प्रशिक्षक केशब पौडेल, सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा र किडाशाका देशीय प्रतिनिधि जेरमी साउथनले सहजीकरण गर्नुभएको थियोे । 
तालिममा सहभागीको तर्फबाट वडा सदस्य एवं बालबालिका सम्पर्क व्यक्ति पार्वती कार्की र उज्वल खत्रीले बोल्नु भएको थियो । कार्यक्रमको संचालन CWSN का जीवन उपयोगी सीप सहजकर्ता संगीता भण्डारीले गर्नुभएको थियोे ।

Post a Comment

0 Comments