Time

Ticker

6/recent/ticker-posts

नवराजको छहारी बजारमा



काठमाडौं  - नवराज पौडेलको गजल सङ्ग्रह शनिवार लाेकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रतिष्ठानका प्राज्ञ सदस्य शशि लुमुम्वु, गजलकार तथा आख्यानकार जितेन्द्र रसिक, त्रिपुरा पौडेल सर्जक रमेश पौडेल लगायतले सङ्ग्रहको लोकार्पण गरिएको हो । 
कार्यक्रममा बोल्नुहँदै वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले छहारी गजल सङ्ग्रह सार्वजनिक गरेर गजलको समुन्द्रमा पाइला हालेका नवराज पौडेललाई गजल क्षेत्रको चुनौती सामान गर्दै अघि बढ्न तयार हुन आग्रह गर्नुभयो । गजल क्षेत्र फराकिलो बन्दै गएको र अब गजलको संरचनागत बहस सकिसकेकाले अबको गजल सृजनामा गुणात्मकतामा ध्यान दिनु जरुरी रहेको बताउनु भयो ।

त्यस्तै प्राज्ञ सदस्य शशि लुमुम्बुले गजलकार पौडेलको आगमनलाईं स्वागत गर्दै अबका दिनमा नेपाली गजल क्षेत्रमा युवा गजलकारहरुको भूमिका ससक्त हुनुपर्नेतर्फ औंल्याउनु भयो । गजलकार तथा आख्यानकार जितेन्द्र रसिकले गजलको छहारमिा ओत लाग्न आइपुगेका नवराज पौडेललाई अब गजलमालीहरुले संरक्षण गर्दै अगाडीको बाटो फराकिलो बनाउन अघिल्लो पुष्ताका गजलकारहरुको कर्तव्य रहने बताउनु भयो । त्यस्तै समालोचक केशव दंगालले गजलको क्षेत्र कठिन रहेकाले अब गजलमा आउने नयाँ सर्जकहरुले आफुलाई गजलकारकै रुपमा उभ्याउने क्षमता तयार गरेर आउनु पर्ने बताउनु भयो ।

कवि तथा सञ्चारकमीृ रमेस पौडेलले छहारी गजल सङ्ग्रह विगत १ वर्ष अगाडी नै तयार भएको भए पनि कोरोना भाइरसका कारण एक वर्षपछिमात्र बजारमा आउन सफल भएको बताउनु भयो । सङ्ग्रहको आवरण कला समेत सर्जक रमेश पौडेलकै रहेको छ । मूल्य रु २ सय रुपैयाँ रहेको छ । ८१ वटा गजलहरुको सङ्ग्रह छहारीका लेखक स्वयम्ले प्रकाशनमा ल्याएको हो । गजल सङ्ग्रह छहारीलाई थानेश्वर पौडेलले प्रकाशन गरेको हो । छहारी गजल सङ्ग्रह आवरण सहित १ सय पृष्ठमा रहेको छ । गजलकार पाैडेल पाल्पा रामपुर नगरपालिका का हुन् । पाैडेल हाल काठमाडाैंमा प्रहरी सेवामा कायर्रत छन्  ।

Post a Comment

0 Comments