Time

Ticker

6/recent/ticker-posts

सिफ्ट मर्ज प्रतिकुल भएको भन्दै नेविसंघ पृ.ना क्याम्पसद्वार बिरोध ब्यानर प्रदाशन

चैत्र ०२ सोमबार,०७७ पोखरा 
पोखरा १ बगर भिमकालिपाटनमा अवस्थित गण्डकी  प्रदेशकै शैक्षिक पुञ्जक रुपले स्थापित क्याम्पस पृथ्वीनारायण क्याम्पसले बिहान सञ्चालन भैरहेको शिक्षाशास्त्र संकायलाई दिवा कार्यक्रममा सिफ्ट गरेको प्रती नेपाल बिद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसले बिरोध ब्यानर प्रदशन गरेको छ। 

हेर्नुस् पूरा भिडियो :

अधिकांश बिद्यार्थीहरु गरिब तथा मध्यम बर्गीय बिद्यार्थीको अध्य्यन केन्द्र रहेको क्याम्पसमा त्रीवीलाई देखाएर प्रतिकुल तवरले गरिने गतिविधि नेविसंघलाई मान्य नहुने भन्दै नेविसंघ पृथ्वीनारायण क्याम्पस सभापति दिपक शर्मा वाग्लेले तत्काल बिद्यार्थीको रोजाइअनुरुप बिहान र दिवा दुबै सिफ्टमा विभिन्न संकाय समितिमा पठनपाठन गराउन माग गर्दै अन्यथा विधार्थिको प्रतिकुलता प्रती नेविसंघ मौन नबस्ने जनाउदै चरणबद्ध आन्दोलनको चेतावनी दिएका छ्न।

बिरोध ब्यानर सहित प्लेकार्ड लिएर गरिएको उक्त बिरोध प्रदशनमा बिद्यार्थीलाई प्रतिकुल हुने गरि कसलाई आधार मानी गरिन्छ यस्तो निर्णय, आम बिद्यार्थीको रोजाई सर्वसुलभ र सहज पढाइ, नेविसंघ जिन्दवाद, क्याम्पस बल्खुबाट होइन बगर बाटनै सञ्चालन होस, आम बिद्यार्थीको पहुच सहज र गुणस्तरीय शिक्षा बिरुद्द गरिएको प्रतिगमनकारी निर्णय तत्काल फिर्ता गर, त्रि.विको प्रतिकुल निर्णय विरुद्ध क्याम्पस प्रशासनको अनुकुल निर्णय खोइ ?, यथासिग्र बिहानी र दुवै सिफ्टमा पठनपाठन सञ्चालन गरियोस् जस्ता नारा लेखिएको प्लेकार्ड प्रदशन गरेका थिए।

"स्वच्छ शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न हकलाई ध्यान दिनुपर्ने अवस्थामा बिद्यार्थीको भावना बिपरित गरिने यस्ता निर्णयले शिक्षा क्षेत्रमा ब्यापारिकरणको गन्ध मिसिएको अनुभुती लिएका छौं।" नेविसंघ पृ.ना क्याम्पस मानविकी संकाय पुर्व संयोजक सुमित पराजुलीले जानकारी दिए।

बिरोध ब्यानर सहित प्लेकार्ड लिएर बिरोध गरेको उक्त कार्यक्रममा नेविसंघ पृथ्वीनारायण क्याम्पस सभापति दिपक शर्मा वाग्ले, नेविसंघ पृ.ना क्याम्पस मानविकी संकाय पुर्व संयोजक सुमित पराजुली, नेविसंघ पृ.ना क्याम्पस कानुन संमन्वय समिति सभापति राजेन्द्र पराजुली, नेविसंघ पृ.ना क्याम्पस शिक्षाशास्त्र संकाय सभापति मोहमद अमर अलि, नेविसंघ पृ.ना क्याम्पस छात्रा ससक्तिकरण समिती सभापति सरु पौडेल, विधार्थी नेता गौरव बराल, सोस्तिक अपार, तुल्सी बस्तकोटी, शौरभ चापागाई, प्रलाद अधिकारी, अभिनन्दन बाजिमय, पवन अधिकारी, बिबेक पराजुली लगायत बिद्यार्थीहरुको उपस्थित रहेको थियो।

"प्रतिकुल तवरबाट सिफ्ट मर्ज सम्बन्धि गरिएको उक्त निर्णयले प्रत्यक्ष रुपमा गरिब मध्य बर्गिय तथा जागिरे तमाम बिद्यार्थीलाई समस्या परेको छ। यसको घोर भत्सना गर्दै यथासिग्र बिद्यार्थीको अनुकुलता र चाहना बमोजिम बिहानी र दिवा दुवै सिफ्टमा सञ्चालन गर्न जोडदार माग गर्दछू।" नेविसंघ पृथ्वीनारायण क्याम्पस शिक्षाशास्त्र संकाय सभापति मोहमद अमर अलिले बताएका थिए।






Post a Comment

0 Comments