साउन २६ शुक्रबार, २०८० |पोखरा |
नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल इकाई समितिको उप सभापतिमा मानवराज बराल मनोनित भएका छन् ।
बरालले यस अघि नेविसंघको कानुन सचिव तथा निर्वाचन प्रचार प्रसार संयोजकको जिम्मेवारी पूरा गरेका छन् |
सुनसरीको इटहरीमा घर भई पृथ्वीनारायण क्याम्पस पोखरामा कानुनमा स्नातकरत बराल सानैदेखि बालक्लव, बाल सञ्जाल लगायतका सामाजिक सँस्था मार्फत सामाजिक गतिविधिमा सक्रिय थिए ।
एक दशक भन्दा बढि समय सामाजिक कार्यमा संलग्न भईसकेका बराल लियो, जेसिस लगायतका सँस्थामा समेत आबद्ध छन् ।
0 Comments