Time

Ticker

6/recent/ticker-posts

कास्की काँग्रेसको सचिवमा सिरोज कोइरालाको उम्मेद्वारी


२७ कार्तिक २०७८, शनिबार १६:५४



पोखरा /

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला अधिवेशनमा युवा नेता तथा सामाजिक अभियन्ता सिरोज कोइरालाले पार्टीको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले कास्की काँग्रेसको सचिवमा उम्मेद्वारीका लागि आफूलाई प्रस्तुत गरेका थिए । नेपाली काँग्रेसका हजारौं आस्थावान अग्रजको सम्मान र युवापुस्ताको क्रियात्मक अभियानका लागि आफ्नो उम्मेद्वारीले उर्जा दिने कोइरालाले बताए ।

पार्टीभित्रको कुनै गुट र प्यानलको आशीर्वादले नभइ काँग्रेसलाई गतिशील र क्रियाशील बनाउन युवाको तप्काबाट सचिवमा दावी गरेको जिकिर कोइरालाले गरे । पारिवारिक विरासतको व्याज खान होइन परिवर्तनका लागि उठेको बताए ।

पार्टीभित्रको कुनै गुट र प्यानलको आशीर्वादले नभइ काँग्रेसलाई गतिशील र क्रियाशील बनाउन युवाको तप्काबाट सचिवमा दावी गरेको जिकिर कोइरालाले गरे । पारिवारिक विरासतको व्याज खान होइन परिवर्तनका लागि उठेको बताए ।

सञ्चारकर्मीमाझ प्रस्तुत भएका कोइरालाले आफू बागी उम्मेदवार नभएको स्पष्ट पार्दै काँग्रेसको खस्कदो शाखलाई जरैदेखि मलजल गर्न र युवाहरूलाई काँग्रेसप्रति आस्थावान बनाउनका लागि मंसिर १० गते हुने जिल्ला अधिवेशनमा होमिन लागेको बताए ।


प्रेस विज्ञप्तिमा कोइरालाले काँग्रेसको इतिहासदेखि वर्तमानसम्मका परिघटनालाई उल्लेख गर्दै अब पनि नेतृत्व चयनमा ध्यान नदिने हो भने मौजुदा नेतृत्व नै रहने हो भने काँग्रेस झन् कमजोर हुने बताएका छन् । नेपाली काँग्रेसको गौरवपूर्ण इतिहास सिंहावलोकन गर्दै कोइरालाले विज्ञप्तिमा लेखेका छन् – २००७ सालमा जहानियाँ राणा शासनका विरुद्ध काँग्रेसले क्रान्ति गर्यो।

दुईतिहाइको सरकार बनाएर परिवर्तन र सुधारको खाका कोर्यो। २०३६ को विद्यार्थी आन्दोलन, जनमत संग्रह र २०४६ सालको जनआन्दोलनमा दरबारलाई झुकायो । जनयुद्धमा होमिएको माओवादीलाई राजनीतिक मूलधारमा ल्याउँदै २०६२÷०६३ को दोस्रो जनआन्दोलनबाट गणतन्त्र स्थापित गर्ने काँग्रेस जनअनुमोदिन हुन सकेन ? यसमा नेतृत्वको कमजोरी रहेको कोइरालाले टिप्पणी गरे।

जनताको ढुकढुकी र युवाले भरोसा गर्न लायक काँग्रेस बनाउन, सही विचार र संगठन निर्माणका लागि हस्तक्षेपकारी भूमिका खेल्न कास्की काँग्रेसको पाटी सचिवमा उम्मेद्वारी घोषणा गरेको कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिए।

पछिल्लो समय काँग्रेसभित्र नीति र आदर्श कमजोर, पैसा र बाहुबल बलियो बन्दा नेतृत्व असफल हुँदा निष्ठावान काँग्रेस ओझेलमा परेका छन् । जनताको ढुकढुकी र युवाले भरोसा गर्न लायक काँग्रेस बनाउन, सही विचार र संगठन निर्माणका लागि हस्तक्षेपकारी भूमिका खेल्न कास्की काँग्रेसको पाटी सचिवमा उम्मेद्वारी घोषणा गरेको कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिए ।


























Post a Comment

0 Comments