Time

Ticker

6/recent/ticker-posts

बिपि स्टडी युथ सर्कल लम्जुङ्ग जिल्ला अध्यक्षमा अधिकारी मनोनीत

२७ माघ ०७७ मंगलबार
नेपाली काङ्ग्रेस निकट भातृ संगठन बिपि कोइराला स्टडी सर्कलले जिल्ला अध्यक्ष मनोनित गरेको छ।

बिपि कोइराला स्टडी सर्कलका केन्द्रिय अध्यक्ष इन्जिनियर ऋषि कोइरालाले सर्कलको लम्जुङ्ग जिल्ला संयोजकमा निर्मल अधिकारीलाई चयन गरेका छ्न। 

Ads: Subscribe the channel for more relevant Content. राजनीतिज्ञले राजनीति गरेर मात्र समाज बदल्न सक्दैन ~ अधिकारी 


मंसिर २७ गते जारी बिज्ञप्ती मार्फत विभिन्न जिल्ला संयोजक र प्रदेश समिती विस्तर गरिएको थियो। 
जस अन्तर्गत प्रदेश १ मा शचिन शाक्य, प्रदेश २ मा सुरेन्द्र चौधरी, वागमती प्रदेशमा सुवन गिरी, गण्डकी प्रदेशमा बिनोद के.सी,  लुम्बिनी प्रदेशमा लक्ष्मण गौतम, कर्णाली प्रदेशमा राज देवकोटा मनोनित गरेका थिए।

बिपि कोइराला स्टडी सर्कल नेपाली काङ्ग्रेसका संस्थापक नेता एवंम जननायक बिपि कोइराला जीवन संघर्ष, बिपि बिचार, साहित्य दर्शन र बिपिका विभिन्न पुस्तकको अध्ययन बिचार र बिमर्शको लागि गठन गरिएको सर्कल हो।

लम्जुङ्ग अध्यक्षमा मनोनित अधिकारी नेविसंघ नेता एवंम अध्यनशिल चिन्तक, प्रखर वक्ता, कुशल संगठकको साथै बिद्यार्थी नेतृत्व वर्गमा पहिचानरत बौद्धिक नेता हुन।

Post a Comment

0 Comments