Time

Ticker

6/recent/ticker-posts

शुल्कवृद्धिको विरोधमा पृथ्वीनारायण क्याम्पसमा नेविसंघको प्रदर्शन

पोखरा, नेबिसंघका विद्यार्थी नेता सुजन लामिछानेको नेतृत्वमा २०८०-०५-०९ गतेका दिन इन्जिनियरिङ्ग अध्ययन संस्थान (आई. ओ.इ.) ले स्नातक तहमा गरेको शुल्कवृद्धि बिरुद्ध खबरदारी गर्दै पृथ्वीनारायण क्याम्पस अगाडि मसाल जुलुस सहित विद्यार्थीहरुले प्रर्दशन गरेका छन्।  प्रदर्शन कार्यक्रममा नेबिसं केन्द्रिय सदस्यहरु सन्जय आले , निर्दोष बिक्रम पौडेल र सुजि हिताने लगायत को कउपस्थिति रहेको कार्यक्रम नेविसंघ पृथ्वीनारायण क्याम्पसका विद्यार्थी नेता एवम कानुन समन्वय समितिका सभापति विवेक भट्टराईले संचालन गरेका थिए भने कार्यक्रममा ने.वि.संघ कास्की निवर्तमान उपसभापति असिम सुबेदी, गुप्तेस्वोर बहुमुखी क्यामसका सभापति  सिभम साही ठकुरि, पो.मा.न. १८ सभापती शिभिर श्रेष्ठ जनप्रीय क्याम्पसबाट सुदर्शन पङेनी, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसबाट सौगात पण्डित, पृथ्वीनारायण क्याम्पसका उपसभापती कुशल पोख्रेल, रिशिकेश चालिसे, विद्यार्थी नेता विवेक तिमल्सिना, प्रयास कोइराला, बसिर मिया खान लगायत ६० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो । करिब २ घन्टा जारी रहेको आन्दोलनमा प्रहरीको हस्तक्षेपको प्रयासले केही समय प्रहरी र विद्यार्थीहरुबिच असहज वातावरण समेत सृजना भएको थियो। कार्यक्रममा नेबिसं पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, लामाचौर, नेबिसं जनप्रीय क्यामस, नेबिसं गुप्तेस्वर बहुमुखी क्याम्पस,  नेबिसं पोखरा इन्जिनियरिङ क्याम्पस, फिर्केका साथीहरुको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेबिसं केन्द्रिय सदस्य लबसन आले मगरले शुल्कवृद्दी बिरुद्द अनशनरत विद्यार्थी नेता सुलभ चापागाईको स्वास्थ्य स्थितीले केही असहज परिस्थिती पैदा हुन गएमा र शुल्कवृद्दि समयमा नै समायोजन नगरेको खण्डमा डिन कार्यालयको प्रमुख कार्यकक्षमा समेत हाबी हुने चेतावनी दिएका छन्  ।सम्बोधनको क्रममा
केन्द्रिय सदस्य सुजि हितानले आफू केन्द्रिय सदस्य भएर पनि मैदानमै रहेको र शुल्कवृद्धि फिर्ता नभए मैदान बाटै सरोकार वालालाइ खबरदारी गर्दै आन्दोलनलाई अगाडी बढाउने चेतावनी दिएकी छन् भने अर्का केन्द्रिय सदस्य निर्दोष बिक्रम पौडेलले यो कदम समयमा नै फिर्ता भएन र कोई गरिब विद्यार्थीको जीवन तलमाथी भएको खण्डमा पोखराको शैक्षिक संस्था लगायत सडकसमेत ठप्प हुने किसिमले खरो रुपमा विद्यार्थीको पक्षमा उत्रीने चेतावनी दियेका छन।
शैक्षिक माफिया हरुलाई चुनौती दिँदै, गरिबका छोराछोरीलाई अचानक पछार्ने गरि भएको मुल्यबृद्दिलाई कम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु नै परदर्शको मुख्य उद्देश्य रहेको र विद्यार्थीको हक हितको लागि नेबिसं जुन सुकै हदसम्म पनि लड्न तयार रहेको सम्पुर्ण वक्ता हरुको भनाई रहेको संयोजक सुजन लामिछानेले बताएका थिए।

Post a Comment

0 Comments