Time

Ticker

6/recent/ticker-posts

कास्की काङ्ग्रेसको अधिवेशन; उपसभापति पदमा पुर्व जिविस सदस्य लामिछानेको उम्मेद्बारी


मंसिर ०९ बुधबार ०७८, पोखरा 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही मंसीर १० गते हुने कास्कीको जिल्ला अधिवेशनमा कांगेसका नेता हरि शर्मा प्रसाद लामिछाने जिल्ला उपसभापति पदमा उम्मेद्बारी घोषणा गरेका छ्न। कास्किको पार्टी कार्यलयमा गैइ आफ्नो उम्मेद्बारी दर्ता गरेका लामिछ्नेको क्र.सं ९ रहेको छ।

पुर्व जिल्ला विकास समिति सदस्य एवंम पर्वतिय संग्राहलय पोखराको सदस्यमा रहि काम गरिसकेका नेता लामिछाने काङ्ग्रेसको पुरानो र पाका नेताको रुपमा गनिन्छ्न।

काङ्ग्रेस भएकै कारण माओवादी द्वन्द्वकालमा २०५७ साल चैत्र २१ गते माओवादीले भौतिक कार्वाही गर्दा दुवै हात खुट्टा भाँचिनुको साथै शारीरिक यातना खपेका लामिछाने ०६२/०६३ सालको जनआन्दोलनमा आफ्नै निवासबाट गिरफ्तारी परी ६ महिना जेल जीवन बिताएका थिए।

 "हाम्रो लोकतन्त्र नारा होइन आत्मनिर्भरताले निर्णय गर्छ, अब हाम्रो स्वतन्त्रताले पाएको अधिकार कर्तव्यले निर्धारण गर्दछ। लोकतन्त्रको पहरेदार नेपाली काङ्ग्रेस आन्तरिक लोकतन्त्रको अभ्यास अधिवेशनबाट गर्दा प्रतिसोध र पुर्वाग्रहले होइन स्वच्छ प्रतिस्पर्धा गर्दा बलियो हुन्छ। तसर्थ मेरो जिल्ला उपसभापति उम्मेद्बारी पार्टीलाई ससक्त र समाजलाई परिवर्तनको अनुभुती दिलाउन हो। म आफ्नो योजना उम्मेद्बारी र उपस्थितीमा प्रतिबद्ध छु मात्र मलाई बिजय गराउने मतदाताको मतमा अपेक्षारत छु।" उम्मेद्बार उपसभापति हरि लामिछानेले खबर सन्दर्भलाई बताए।

नेपाली काङ्ग्रेस कास्किको जिल्ला सदस्य समेत भइ सकेका लामिछाने तत्कालीन प्रतिबन्धित अवस्थामा चापाकोट गाविसको पार्टी सभापति भएका नेता लामिछाने सुझ बुझ पुर्ण निर्णय गर्न, पाका नेताको रुपमा गनिन्छ्न।

Post a Comment

0 Comments