Time

Ticker

6/recent/ticker-posts

अनेरास्ववियु क्रान्तिकारी गण्डकी प्रदेशको कोषाध्यक्षमा बिद्यार्थी नेता सुनार

भाद्र २५ मंगलबार, २०८० | पोखरा |



नेपाल कम्युनिस्ट पार्टी (माओवादी-केन्द्र) भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएको छ। जस्को कोषाध्यक्ष पृथ्वीनारायण क्याम्पसका सक्रिय नेता अनिल सुनार सर्वसम्मत रुपमा मनोनीत भएको छन।

बाग्लुङ्ग घर भैइ पृथ्वीनारायण क्याम्पस बाट राजनीतिमा उदाएका नेता सुनार इमानदार नेताको रुपमा बिद्यार्थीमाझ लोकप्रिय छ्न। 

"क्रान्तिकारिता भनेको केवल विरोध मात्रै होइन, यो नयाँ विचारधाराको बीजारोपण हो, जसले प्रगतिको बाटो खोल्छ। क्रान्ति कहिल्यै सकिँदैन, विचारधारामा आम नागरिकको चेतना र जिवनपद्दतिमा जवसम्म परिवर्तन हुदैन, जबसम्म न्याय र समानताको स्थापना हुँदैन, क्रान्तिको आवाज थामिँदैन। क्रान्ति नै वास्तवमा साँचो शक्ति हो, जसले समाजलाई, आज र अवको बिद्यार्थी आन्दोलनलाई पुनर्संरचना गर्न सक्छ।"  कोषाध्यक्ष सुनारले बताए ।

पदलाई अवसरको रुपमा लिनु भन्दा पनि दायित्व र कर्तव्यको बोध बढी भएको बताउने सुनार आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठाको साथ पार्दर्शी र जवाफदेहीतालाई अवलम्बन गरि निर्वाह गर्न जनाए।

सोमबार साँझ भएको मतदानमा अध्यक्ष पदमा त्रिदिप गुरुङ्गको पक्षमा १३७ मत प्राप्त भएको थियो । उनका प्रतिद्धन्दी गोरखाका रामकृष्ण भट्टले ७१ मत प्राप्त गरेका छन् । 

यसैगरी, उपाध्यक्षमा खुल्लातर्फ बसन्त भट्टचन, सरोज बल्लभ भट्टराई र अशोक मरहट्टा निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा र महिलातर्फ सीता बराल निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख सचिवमा १३२ मत ल्याएर सुजन बास्तोला विजयी भएका छन् । सचिवमा खुल्लातर्फ प्रदीप ढकाल, विशद उपाध्याय, सन्दीप महतो रहेका छन् भने, समावेशीमा दुर्गा विक र महिलातर्फ जुना गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, कोषाध्यक्षमा अनिल सुनार पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । २०७ जनाले मतदान गरेका थिए भने दुई भोट बदर भएको निर्वाचिन अधिकृत निर्मला ज्वालाले जानकारी दिइन् । प्रदेशको ७५ जनाको कार्यसमिति रहन्छ भने १३ जना पदाधिकारी रहनेछन् ।

Post a Comment

0 Comments