Time

Ticker

6/recent/ticker-posts

दशैको पुर्व सन्ध्यामा खाध्यान्न वितरण गर्दै पुर्वराज्यमन्त्री महादेव गुरुङ

२४ असोज २०७८ आइतबार 

गरिब तथा अति विपन्न वर्गका मानिसलाई लक्षित गरि पुर्वमन्त्री एवं तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङले काेराेना कहरबाट अफ्ट्यारोमआ परेका जनतालाई राहात बितरण गर्नुभएको छ।

कोरोनाले अफ्ट्यारोमा पारेका जनतालाई नेपालीहरुकाे महान् चाड बडादशैंमा केही न केही भएपनि राहत् मिलाेस् भन्ने उद्देश्यले कास्की क्षेत्र नं ३ अन्तर्गतका  गाउँ वस्तीमा खाध्यान्न वितरण सुरु गर्नुभएकाे हाे। यथाशक्य सबै गाउँहरुमा पुग्ने याेजना रहेकाे पुर्व जिविस सदस्य नेकाका नेता हरि प्र.लामिछानेले बताउनुभयाे।



यसैगरि महाधिवेशन प्रतिनिधि लक्ष्मी ब.भट्टराई भन्नुहुन्छ ," बडादशैं समस्त नेपालीकाे चाड भएकाले शुभकामना अादानप्रदान र विपन्न वर्गलाई  खाध्यान्न वितरण "अभियानमा नेपाली कांग्रेस  रहेकाे जानकारी दिनुभयाे।यसरिनै नेकाका नेता एवं साविक चापाकाेट गाविसका पुर्व उपाध्यक्ष भीम रानाले कांग्रेस जनताबाटै अनुमाेदित हुन बेला बेला जनतामाझ यसरी नै पुग्नुपर्ने अभिव्यक्ति दिनुभयाे।साे अवसरमा नेकाका पुर्व जिल्ला सहसचिव भरत ब.अधिकारीले कांग्रेस सदा जनताकाे सुख दुखमा रहेकाे र रहिरहने प्रण गर्नुभयाे। 

साे कार्यक्रममा अन्नपूर्ण गापाका नवनिर्वाचित सहसचिव ताईकाजि गुरुङ , नेका वडा नं २३ ,अन्नपूर्ण २,लाचेाक ,अन्नपूर्ण १ र ४ का  ईकाइ सभापतिहरु  , नेकाका महत्त्वपूर्ण व्यक्तित्वहरु ,नेपाली कांग्रेस कास्कीका  नेतृद्वय सीता गुरुङ,हिरा भट्टराई ,नेकाका नेताहरु शुक गुरुङ धर्मसिंह लामिछाने एवं विधार्थी नेता पशुपति भट्टराईकाे सहभागिता रहेकाे थियाे।

Post a Comment

0 Comments