Time

Ticker

6/recent/ticker-posts

सरकार विरुद्ध जुलुस प्रदश गर्दा नेविसंघ पिएनका नेता पक्राउ

२७ जेठ २०७८, बिहिवार 
सरकारविरुद्ध प्रदर्शनका क्रममा नेपाल विद्यार्थीसंघका नेताहरु पक्राउ परेका छन् ।
केहि दिन अगाडी उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको बिरोध तथा चुरे संरक्षणको बिषयलाइ उठाएर कास्कीमा आज आयोजित बिरोध प्रदर्शन कार्यक्रममा क्रममा नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका हुन।

प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका पृथ्वीनारायण क्याम्पस सभापति , दिपक शर्मा वाग्ले, बिद्यार्थी नेता अनिश पाण्डे, सुशील न्यौपानेअकल क्षेत्रीलाई पक्राउ गरेर प्रहरीले  वडा प्रहरी कार्यालय बगरमा राखेको छ।

राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश सभापति सञ्जय आले र नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिवेक पराजुलीले "कामचलाउ प्रधानमन्त्री ओलि र राष्ट्रपतिको अलोकतान्त्रिक र गैरसंवैधानिक कदमको विरुद्ध बिरोध प्रदशनमा क्याम्पस परिसर बाट गिरफ्तार गरिएको घटनाको घोर भत्सर्ना गर्दै गिरफ्तार गरिएका बिद्यार्थी नेताको तत्काल बिना सर्त रिहाईको माग गर्दछौं अन्यथा हामी अझ सरकार विरुद्धको ससक्त आन्दोलनमा उत्रने चेतावनी  दिन चाहान्छौं।" जानकारी दिएका छ्न।

पोखरा–१ बगर, भिमकालीपाटन, बगरचोकमा पिएन क्याम्पस गेटमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्दा सभापति दीपक वाग्ले सहितका ४ नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।



Post a Comment

0 Comments