Time

Ticker

6/recent/ticker-posts

स्वर्गीय नेता जोशि प्रती दिप प्रज्वलन गर्यो नेविसंघ पृ.ना.क्याम्पस

चैत्र २५ बुधबार ०७७, पोखरा 
नेपालि काङ्ग्रेसका केन्द्रीय सदस्य एवंम पुर्व आपूर्ति मन्त्री नबिन्द्रराज जोशिको १३ औं पुर्णय तिथिको अवसरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायले दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण शोक सभा सम्पन्न गरेको छ।

 नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिबेक पराजुलीले सञ्चालन गरेको उक्त शोक सभामा कार्यसमिति पदाधिकारी र नेविसंघ पृथ्वीनारायण क्याम्पस इकाईको सहभागीतामा दिप प्रज्वलन संगै उहांको तस्बिरमा पुस्प अर्पण गरि नेविसंघले स्वर्गिय जोशी प्रती श्रद्धाञ्जली सभा गरेको थियो। 

सभापति पराजुलीले उहाँको निष्टा सादगिपन र नेतृत्वको इमानदारीता र कर्तव्यनिष्टा लगाब समकालीन नेतृत्वमा दुर्लभ गुण हो। राजनीति सेवा र कर्तव्यनिष्ट हुनु नै साचो अर्थमा उहाँ प्रती श्रद्धाञ्जली अर्पण गरेको ठहरीने बताउनु भएको थियो। 

नेता जोशी लामो समय देखि मस्तिष्क घात भैइ नर्भिक अस्पतालमा उपचारको क्रममा चैत्र १३ गते देहावसान भएको थियो।

Post a Comment

0 Comments