Time

Ticker

6/recent/ticker-posts

पराजुलीको नेतृत्व सहित नेविसंघ पृ.ना क्याम्पस व्यवस्थापन संकाय तृतिय अधिवेशन सम्पन्न

२०७७ चैत्र २२ गते आईतवार ।

 नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस  व्यवस्थापन  समितिले तृतीय अधिवेशन सफलताको साथ सम्पन्न गरेको छ।  पोखरा स्थित पृथ्वीनारायण क्याम्पस परिषर ह्वाईट हाउस बिज्ञान भावनमा भब्यताका साथ अधिवेशन सम्पन्न गरेको छ । 

ने बि संघ पृथ्वी नारायण क्याम्पस व्यवस्थापन संकाय  निबर्तमान सभापति व्यवस्थापन संकाय  पवन शर्माकोको सभापतित्योमा बसेको भेलाले  बिबेक पराजुली  नेतृत्वमा २७ जनको  नयाँ कार्य समिती गठन गरेको हो । 

 समितिमा उपसभापति  शिव पौडेल, बिबेक तिमिल्सिना, अमन पौडेल, अजित क्षेत्री, अनुप क्षेत्री सचिबमा बिशाल रेग्मी, अमृत चापागाई, सहसचिबमा बिबेक सुबेदी, बिकास केसी, कोषाध्यक्ष्मा स्मृती तिवारी, सह कोषाध्यक्ष प्रताप पराजुली, सदस्यहरु रोशन गिरी, मनिल गुरुङ्ग्, सफल के.सी, सागरा सुबेदी ,बिकास के.सी, सफल अधिकारी, गरिमा शर्मा, मिराज सुबेदी, आकाश बिका , बिबस तामाङ्ग, बिशाल सुनार, साजना रामदाम, बोध नेपाली, कृष्ण अर्याल लगयत निरबिरोध चयन गरेको छ।

  प्रमुख अतिथी ने बि संघ निबर्तमान केन्द्रिय सदस्य गोपाल गुरुङ, विशिष्ट अतिथी ने बि संघ पृथ्वी नारायण क्याम्पस मुल इकाइ समितिका सभापति दीपक शर्मा वाग्ले, नेविसंघ पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति उमेदवार रेशम हमाल,  राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश संयोजक सञ्जय मगर (लभसन), ने.बि.संघ पृथ्वी नारायण क्याम्पस फोर्सका सभापति सतिश बस्तोला, नेविसंघ ला ग्राण्डी सचिब संस्कार कोइराला, अतिथि नेविसंघ पृथ्वीनारायण क्याम्पस बरिस्ठ नेता सागर सापकोटा, अनिश पाण्डे, सुमित पराजुली, सुशील न्यौपाने, बिद्यार्थी नेताहरु गौरव बराल, राजेन्द्र पराजुली, सफल बराल, सुजी मगर,सोस्तिक अपार, जोशन श्रेष्ठ,  सौरव चापागाइ,  सुगम पौडेल, भूमिका सुवेदी, बिपिन नेपाली, बिधान अधिकारी, प्रभाव शर्मा, सुजन लामिछाने  , रसिस भण्डारी लगयतको उपस्थिती रहेको थियो। 

विशाल पौडेलले स्वागत मन्तव्य र विवेक पराजुलीले सुभकामना मन्तव्य संगै नेपाल बिद्यार्थी संघका पुर्व महामन्त्री एवंम नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य स्वर्गीय नबिन्द्रराज जोशी प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै, उपस्थित बिद्यार्थीको परिचयात्मक कार्यक्रमबाट सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गोपाल गुरुङले ने बि संघ पृथ्वी नारायण क्याम्पस ने बि संघलाई मात्र नभएर सम्पूर्ण विद्यार्थीहरुमा साथ र सहयोगको लागि ने बि संघ सदैब तत्पर रहेको कुरालाई जोड दिनु भएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मुल ईकाइ समितिका सभापति दिपक शर्मा वाग्लेले मुलइकाईलाई अधिवेशन मार्फत गतिदिनको लागि पटकपटक संकाय संयोजकहरुलाई अधिवेशन गर्न अपिल गरेको बताउदै व्यवस्थापन संकायको अधिवेशनको यो तत्पर्ताले  निकासको आधारबिन्दु सृजना गरेको बताउदै उर्जावान कार्यसमिति आउनेमा विश्वस्त रहेको जनाउनु भएको थियो।

कार्यक्रमका सभापति पवन शर्माले "परिवर्तन प्रकृतिक नियम हो, यो सस्वोत नियमलाई अङगल्दै आज अधिवेशनको यस संघार आज हामी आइपुगेका छौ र अधिवेशनबाट आउने नयाँ साथीहरुले ने बि संघले जुन विद्यार्थी राजनीति तथा नेपाली राजनीतिक संस्कारको एउटा राम्रो पक्ष सिकाइ रहेको छ त्यो अवलम्वान गर्दै आफ्नो कार्यसमितीमा पनि यो कुरा प्रस्फोटन गर्नुहोस् " साथै कार्यक्रममा उपस्थिती हुनुहुने सबैलाई धन्यवाद वक्त गर्दै कार्यक्रम सम्मपन गर्नु भएको थियो।  

नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायका नवनियुक्त सभापति बिबेक पराजुलीले  पद अवसर मात्र होइन जिम्मेवारी र दायित्व दुबै जोडिएको हुन्छ सुसंगठित बिद्यार्थी मैत्री नेविसंघ बनाउन आफू प्रयत्नरत रहने प्रतिबद्धता सहित पुस्ता हस्तान्तरण गर्न अगिल्लो कार्यसमिति  प्रती हार्दिक आभार संगै कृतज्ञता प्रकट गर्नुभएको थियो।  कार्यक्रमको सञ्चालन नेबिसंघ पृथ्वी नारायण क्याम्पस व्यवस्थापन संकाय समितिका निबर्तमान सचिव शिवराम पौडेलले गर्नु भएको थियो।

Post a Comment

0 Comments