Time

Ticker

6/recent/ticker-posts

पुम्दिकोट युवाक्लब द्वारा भित्तेपात्रो तथा टिसर्ट लोकार्पण कार्यक्रम सम्पन्न।।।

पोखरा।।।
पोखरा-२२ पुम्दिभुम्दी अन्तरगत रहेको पुम्दिकोट युवाक्लब द्वारा भित्तेपात्रो तथा क्लबको नाम समाबेश गरिएको टिसर्ट लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। नयाबर्षको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अथिती क्लबका संरक्षक तथा विशाल महादेब मुर्ति निर्माणका अभियान्ता उधोगपति चन्द्रकान्त बराल हुनुहुन्थ्यो।
बर्सेनि हुँदै आइ रहेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमको अवसर पारी गरिएको लोकार्पण कार्यक्रममा बिशेष अतिथि पोखरा वडा नं २२ का वडा अध्यक्ष मित्रलाल बराल रहनु भएको थियो।
क्लबका अध्यक्ष गौतम बरालको सभापतित्वमा  सम्पन्न भएको कार्यक्रममा क्लबका उपाध्यक्ष लेखनाथ बराल(सबिन) ले स्वागत मन्तव्य राख्नुभएको थियो। 
कार्यक्रमका अतिथि तथा वडा सदस्य मातृकाप्रसाद बरालले नयाबर्षको शुभकामना सहित क्लबले गरेका कामहरुको प्रशंसा  गर्नुभएको थियो। स्थानीय समाजसेवी एबं कार्यक्रमका अतिथी हेमलाल बरालले आगमी दिनमा थप कार्यक्रमको हौषला सहित  शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथी बरालले क्लब र पुम्दिकोट विशाल महादेब मुर्ती निर्माण समन्वय समिती बिचको सम्बन्ध बारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष बरालले वडा संग क्लबले समन्वय गरेर गर्न सक्ने भाबी कार्यक्रम बारे चर्चा गर्नुभएको थियो। क्लबका निबर्तमान अध्यक्ष सुरज बरालले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो  क्लबका सदस्य , शुभचिन्तक, जनप्रतिनिधि, स्थानीय समाजसेवी, नेतागण, विद्यार्थी नेता,पत्रकार तथा स्थानिय बासीको उपस्थितमा सम्पन्न भएको कार्यक्रम को संचालन क्लबका सचिब बिष्णु बरालले गर्नुभएको थियो।

Post a Comment

0 Comments