Time

Ticker

6/recent/ticker-posts

सडकखण्ड कालेपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग ~ मानहुँकोट

 

तनहुँ समाजिक संजाल फेस्बुक तथा टिकटकमा एकाएक भाइरल भएपछि तनहुँको व्यास नगरपालिकामा रहेको मानहुँकोट अहिले आन्तिरक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । सदरमुकाम दमौली बाट करिब ६ किलोमिटर दुरीमा रहेको मानहुँकोटमा दैनिक सर्यौको सख्यामा पर्यटन आवतजावत गर्ने गर्छन । केही बर्ष अगाडी सम्म सुनशान हुने मानहुँकोट अहिले भाइरल भएपछि मानहुँ छोडेर सदरमुकाम झरेका स्थानीयहरु अहिले धमाधम गाउँ फर्कन थालेका छन् ।

संघिय सरकारको दस करोड बजेटमा काठमान्डौं स्थित रानीबन कन्ट्रक्सन कम्पनीले पाएको सो ठेक्काकोे सडक पोहोर नै कालोपत्रे सम्पन्न हुनुपर्ने हो तर कोरोनाको कहर र विभिन्न कारणले करिब दुई किलो मिटर मात्र कालोपत्रे सम्पन्न भयो । हाल बाकी रहेको कच्च्ीबाटो कालोपत्रे सुरु हुन लागेको छ ।


सकड कालोपत्रेका लागि गरिने पहिलो प्रक्रिया सब वेसमा ग्राभेल, गिट्टी बालुवा प्रयोग गर्नुपर्ने सट्टामा स्थानीय पहरा खनेर माटो निकाल्दै विभिन्न ठाउँमा माटो थुपारिएको छ । स्थानीय भन्छन् “ पिचको लागि सब बेसमा ग्राभेल, गिट्टी र गुण्स्तरीय माटोको प्रयोग हुनुपर्ने हो तर हाम्रो यहीँको पहरा खनेर स्थानीय माटो हाल्नका लागि ठिक्क पारिएको छ, यसरी त सडक कालोपत्रेको केही समयमा नै भत्किहाल्छ । ” यस बिषयमा कुरा गर्नका लागि सडक निमार्ण कम्पनी रानीबन कन्ट्रक्सनका ठेगदारलाई सम्पर्क गर्दा उनको फोन अफ रहको छ । स्थानीय सरकारले प्रत्यक्ष निगरानीमा रहेको सो सडकलाई स्थानीय सरकारको अनुगमनको खाचो देखिएको छ ।

Source:  प्रहार डेली न्यूज

Post a Comment

0 Comments