पोखरा, ११ पुस ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उखु कृषकको समर्थनमा र संसद विघटन असंवैधानिक भएको भन्दै सरकार विरुद्ध विरोध एवंम खबरदारी कार्यक्रम गरेको छ । नेविसंघ पोखरा महानगरपालिका वडा नं २३ ले "नेकपाको स्वार्थ किचलोको मार कतिन्जेल संविधान र जनता माथी थुपार्न आर्थिक भार ??" भन्ने नाराको साथ ठुलाखेत स्थित भवनमा कार्यक्रम सप्पन्न गरेको हो।
कोरोना कहरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षात्मक सतर्कता सहित सञ्चालित उक्त लोकतान्त्रिक कार्यक्रमको प्रमुख अतिथी पुर्व राज्यमन्त्री महादेब गुरुङ्ग, बिशिस्ट अतिथी नेपाली काङ्ग्रेस पोखरा २३ सभापति रामकाजी गुरुङ्ग, पोखरा महानगरपालिका वडा नं २३ वडा अध्यक्ष बिष्णु प्रसाद पराजुली, नेपाल किसान संघ कास्किका अध्यक्ष भेषराजपराजुली, जिल्ला बिकास समिति कास्किका पुर्व सदस्य हरि प्रसाद लामिछाने, निर्माण ब्यवसायी केन्द्रिय सदस्य शिव संकर गौचन, निर्माण ब्यवसायी मीन राज पौडेल, टंक प्रसाद बराल, धुर्ब बाबू भट्टराई, नेविसंघ कास्किका नेता पशुपति भट्टराई एवंम अतिथिको रुपमा धनबहादुर गुरुङ्ग, भरत राज भण्डारी, दुर्गा दत्त घले, उपेन्द्र पराजुली, जीवन पौडेल, अर्जुन पराजुली, शिव पराजुली सुर्यप्रसाद भण्डारी, निशा देवकोटा, चन्दन पराजुली, नितेश चापागाईं, निशा भण्डारी लगाएतको बाक्लो उपस्थित भएको थियो। कार्यक्रम प्रमुख अतिथिले अबिर लगाएर र कार्यक्रम सभापतिले दोसल्ला ओडाएर नेविसंघ पोखरा २३ को उपसभापतिमा आबिष्कार भण्डारी मनोनित गरिएको थियो।
नेविसंघ ईकाइ वडा नं २३ का सभापति सुजन पराजुलीले "सरकारकाे संसद विघटनको निर्णय" सर्वाेच्च अदालतमा पुगेकाले परिस्थिति हेरेर अान्दोलन र चुनाव दुवैका लागि नेविसंघ तयार रहेकाे भन्दै नेविसंघ ईकाइका साथीहरुलाई तयारी अवस्थामा रहन अपिल समेत गरेका छन। साथै पौष १३ गते नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुसार आयोजित बिरोध सभामा सहभागीताको लागि अनुरोध समेत गरेका छ्न।
संसद स्वर्थपुर्तिको थलो नभैइ विधि प्रक्रीया र विमर्श बिसाउने बाटो पनि बन्द गरिनु अलोकतान्त्रिक र असंबैधानिक भएकोले आम जनता र सरकारलाई सजगता र खबरदारीको लागि सांकेतिक सन्देश सहित यो लोकतान्त्रिक कार्यक्रम आयोजना गरिएको नेविसंघ पोखरा २३ सचिब दिपिका घतानेले जानकारी दिइन ।
कार्यक्रममा अधिकांश बक्ताहरुले उखु किशानको आँसु केन्द्रीय सरकार अगाडि माइतीघर मण्डलामा देखिनु संघियताको उपहास भएको र जनता बाट निर्वाचित प्रधानमन्त्रीले आफ्नो जग संसद विघटन गर्नु अलोकतान्त्रिक असंवैधानिक भएको जिकिर गर्दै संविधानको अभिभावक राष्ट्रपति प्रधानमन्त्रीको रबरस्ट्याम्प हुनु दुर्भाग्यपूर्ण रहेको जानकारी दिए।
प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका नेविसंघ, नेपाली काङ्ग्रेस , तरुणदलका नेता कार्यकर्ताले किसानको माग पूरा गर, आलंकारिक राष्ट्रपति प्रधानमन्त्रीको कठपुतली हो कि संविधानको अभिभावक, नेकपाको स्वार्थ किचलोको मार कतिन्जेल संविधान र जनता माथी थुपार्न आर्थिक भार ?, कामचलाउ प्रधानमन्त्रीले मन्त्री नियुक्ति गर्न मिल्छ र ओलि ज्यु ?, बिचौलिया मात्र होइन देशको किशानलाई पनि बाँच्न देउ ?, राष्ट्रपति ज्यु संविधानमा राष्ट्रपतिको दायित्व र कर्तव्यको पाना च्यातियो कि पल्टियो ??, कारिन्दा सम्मको हैसियत नदेखाएको किमकर्तब्यबिमुख सरकारलाई कुरीकुरी, २०७६ साल पुस १८ गते उखु किसान संग गरिएको पाँछ बुदे संम्झौता लागू गर !, ओलिमा चड्यो श्री ३ को भुत तानाशाहीलाई हुने छैन छुट, किसान मार्न पाईदैन, भ्रष्ट सरकार चाईदैन, जस्ता नाराको संकेतिक प्रदशन गरेका थिए ।
कार्यक्रमा विद्यार्थी नेताहरु मनिस पौडेल, गोस्पाल अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने शिव बराल, जीवन पराजुली, अर्जुन पराजुलीले सुभकामना मन्तव्य राखेका थिए।
इकाई सभापति सुजन पराजुलीको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रम सचिब दिपिका घतानेले सञ्चालन गरेकी थिइन भने सहजकर्ताको रुपमा सहयोग नेविसंघ पोखरा २३ पुर्व सचिब बिबेक पराजुलीले गरेका थिए।
0 Comments