Time

Ticker

6/recent/ticker-posts

अखिल नेता सुर्यदेवलाई स्वागत संगै पाँचौं अधिवेशन सम्पन्न गर्‍यो नेविसंघ पृना क्याम्पस कानून समन्वय समिती

 नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस कानून समन्वय समितिले  पाँचौं अधिवेशन सफलताको साथ सम्पन्न गरेको छ।  पोखरा स्थित पृथ्वी नारायण क्याम्पस परिषर बि बि ए भावनमा भब्यताका साथ अधिवेशन सम्पन्न गरेको छ । 

ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समन्वय समितीका निबर्तमान सभापति स्वोरुप सरकारको सभापतित्योमा बसेको भेलाले राजेन्द्र पराजुलीको नेतृत्वमा नयाँ कार्य समिती गठन गरेको हो । 

समितिमा उपसभापति प्रतिमा गिरी, सचिब सन्दीप गिरी, लगयत निरबिरोध चयन गरेको छ। कार्यक्रममा प्रमुख अतिथी ने बि संघ निबर्तमान केन्द्रिय सदस्य गोपाल गुरुङ, विशिष्ट अतिथी ने बि संघ पृथ्वी नारायण क्याम्पस मुल इकाइ समितिका सभापति दीपक शर्मा वाग्ले, ने बि संघ पृथ्वी नारायण क्याम्पस फोर्सका सभापति सतिश बस्तोला, ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समन्वय समितिका पुर्व सभापति आशिष न्यौपाने र अतिथिहरुमा बिद्यार्थी नेताहरु गौरव बराल, अनिश पाण्डे, सगर सापकोटा, युवरज पौडेल, राज आचार्य, सौरव चापागाइ, सन्जित आचार्य, शिवराम पौडेल, सञ्जय मगर (लभसन), अकल छत्री, ओमकार सुबेदी, सुगम पौडेल, भूमिका श्रेष्ठ, सन्तोष अधिकारी, भावना पौडेल, सुजी मगर, खगेश चन्द, दीपिका पराजुली, रसिस भण्डारी लगयतको उपस्थिती रहेको थियो।

कार्यक्रममा अनेरास्ववियुका प्रभावशालि नेता सुर्य देव लामिछाने नेविसंघ प्रवेश गर्नुभएको थियोे ।उहाँलाई ईकाइ अध्यक्ष दिपक शर्मा वाग्ले र ने बि संघ निबर्तमान केन्द्रिय सदस्य गोपाल गुरुङले टीका खादा लगाई प्रवेश गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी गोपाल गुरुङले ने बि संघ पृथ्वी नारायण क्याम्पस ने बि संघलाई मात्र नभएर सम्पूर्ण विद्यार्थीहरुमा साथ र सहयोगको लागि ने बि संघ सदैब तत्पर रहेको कुरालाई जोड दिनु भएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मुल ईकाइ समितिका सभापति दिपक शर्मा वाग्लेले नेपाल विद्यार्थी संघकाे कलम र मसाल अङ्कित झन्डा मुनि रहदै ,हामी विद्यार्थी एक हातमा सुनैलाे भविष्य बाेक्न कलम र मुलुककाे सिङ्गो बेवस्था माथि नै संकट सृजना हुने अवस्था आएकाे हुदा अहिलेकाे जटिल परिस्थिति काे सामना गर्ने अर्को हातमा मसाल बाल्नु पर्ने अवस्था आएकाे हुदा ने वि संघ सचेत रहन र आन्दोलनका लागि तयार रहन निर्देश दिनुभएको थियाे।

कार्यक्रममा बोल्दै ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समन्वय समितिका पुर्व सभापति आशिष न्यौपाने प्रजातान्त्रिक मुल्यमन्यतालाई अवलमन गर्दै पुस्ता हस्तातरणको अभ्यासलाई अगाडि बढाउदै अधिवेशन सम्पन्न गरेको र यो पाठ देशै भरी नै सम्पूर्ण संगठनले सिक्नु, यो राम्रो संस्कार हो भन्ने कुरालाई जोड दिनु भएको थियो । यसै क्रममा विद्यार्थी नेता सौरव चापागाइले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समन्वय समितिले विद्यार्थीहरुको प्रतिभा प्रसफोटनको लागि सदैब अगि रहेको छ आउने दिनहरुमा पनि नबगठित समितिले विद्यार्थीको हक-हितको लागि अगि बढ्ने कुरामा विश्वाश राख्नु भएको थियो ।

कार्यक्रमका सभापति स्वोरुप सरकारले "परिवर्तन प्रकृतिक नियम हो, यो सस्वोत नियमलाई अङगल्दै आज अधिवेशनको यस संघार आज हामी आइपुगेका छौ र अधिवेशनबाट आउने नयाँ साथीहरुले ने बि संघले जुन विद्यार्थी राजनीति तथा नेपाली राजनीतिक संस्कारको एउटा राम्रो पक्ष सिकाइ रहेको छ त्यो अवलम्वान गर्दै आफ्नो कार्यसमितीमा पनि यो कुरा प्रस्फोटन गर्नुहोस् र आफ्नो कार्यकालमा यो कोरोनको कहर र लोकडाउनको करणले भौतिक कार्यक्रम गर्न गाह्रो भएको भन्दै न्यायको प्रतिकमा रहने लडी जसटिसको मुर्ती बनाउनुको लागि अक्ष्य कोसको स्थापना गर्नुभएको छ।" साथै कार्यक्रममा उपस्थिती हुनुहुने सबैलाई धन्यवाद वक्त गर्दै कार्यक्रम सम्मपन गर्नु भएको थियो। कार्यक्रमको सन्चालन ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समन्वय समितिका निबर्तमान सचिव जोशन श्रेष्ठले गर्नु भएको थियो।

Post a Comment

0 Comments