Time

Ticker

6/recent/ticker-posts

अगरवुड के हो ? अगरवुडले सम्भावना बोकेको नेपालको पहाडी क्षेत्र

१६ मंसिर मंगलबार ०७७
अगरवूड
परिचय :
अगरवूड (Aquilaria tree)संसारको सबै भन्दा महँगो रुख हो। अगरवूड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । उत्तर पूर्वी भारत देखि मलेसिया,म्यानमार,इन्डोनेसीया,कम्बोडिया,थाइल्य
ाण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिन्छ ।भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको खेति भइरहेको छ । यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ ।यस बाहेक पनि अन्य ठाउमा कृत्रिम तरिका बाट यसको खेति गर्न सकिन्छ ।अगरवूड उच्च महत्व भएको विरुवा हो । भारतमा आन्तरिक रुपमा पनि धेरै बजार लिएको यो राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छाएको छ । अगर(Oud) को नामबाट प्रख्यात रहेको अगरवूड कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने,करिब ८-१२ वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष मानिन्छ ।
स्थानीय नाम : अगरवूड , अलोजवूड , इगलवूड,उड,उथ..आदि ।
उचाइ: करिब ४० मिटर अग्लो
मोटाइ: १.५ देखि २.५ मिटर मोटाइ
खेती गर्न कठिनताःसामान्य
----------------------------------------------------------------------
खेति प्रविधिः
अगरवूड नेपालको तराई भूभाग देखि पहाडि भूभाग ( समून्द्रि सतहबाट देखि १८०० मिटर ) सम्ममा औशत वर्षा हुने ठाउको लागि अति राम्रो मानिन्छ । यसको लागि घाम लाग्ने ठाउँ सौर्यप्रकाशको आवश्यकता पर्छ । हल्का अम्लियपन(पि.एच.४ देखि ६) भएको नरम तथा हल्का माटो यसको लागि उपयूक्त मानिन्छ ।
अगरवूड धेरै मात्रामा विरुवा उत्पादनको लागि यसको विरुवा उमार्ने काम नर्सरीमा गरीन्छ ।अगरवूड अक्वालेरिया मालास्सेन्सिजको दाना फल हो जुन ३.५ देखि ५ सेन्टीमिटर लामो , अन्डाकार , खैरो रड.को हुन्छ ।एक फलमा एक वा दुइटा सम्म विउ हुन्छ ।




अगरवूड सदा हरीयाली हुने विरुवा हो ।यो पानी जम्ने र दलदल भएको जमिन बाहेक सबै खाले माटोमा ,तराईको समथर भुमी देखी भिरालो पहाडमा लगाउन सकिन्छ ।यसको अलवा तेल पाम खेती हुने ठाउ तथा "कफि खेति हुने ठाउमा" पनि यसको खेति गर्न सकिन्छ ।यसको खेतिको लागी परस्पर पंति खेतिप्रविधि जस्ता विभिन्न प्रविधिहरु अपनाउन सकिन्छ ।
यसको खेति गर्नको लागि सर्व प्रथम १०/ १५ फिटको फरकमा खाडल खन्नुपर्दछ ।खाडल विचको दुरता ( ८मिटर) खेति प्रविधिमा भर पर्दछ ।
त्यसपछि पोलिथिनबाट विरुवा निकालेर २ फिट गोलाई २ फिट गहिराइको खाडलमा राखिन्छ ।


.

Post a Comment

0 Comments