कात्तिक,१३,पोखरा
पोखरा बिश्वबिद्यालयका पुर्वकर्मचारीले आफ्नो कार्यकाल सकिएपछि पनि कार्यकाल बखत प्रयोग गरिरहेको सवारी साधन दुरुपयोग गरेको भन्दै नेविसंघ पोखरा बिश्वबिद्यालययले कारवाहीको माग गरेको छ।

नेविसंघ विद्यार्थी नेता डिफान भुजेलका अनुसार पोखराबिश्वबिद्यालयका अन्तराष्ट्रीय केन्द्रका पूर्व कार्यकारी निर्देशक टेक बहादुर क्षेत्रीले आफ्नो कार्यकाल सकिएपछि पनि कार्यकाल बखत प्रयोग गरिरहेको मोटरसाइकल बिश्वबिद्धालयलाई फिर्ता नदिएको भन्दै सो सवारी साधन प्रशासनलाई नबुझाइ आफ्नो आस्था रहेको संघसंगठनका नेताहरुलाई निजी प्रयोग गर्न दिएर दुरुपयोग गरिरहेको भनाई रहेको छ।
बिहिबार उक्त सवारी साधनलाई निजि प्रयोगको लागि चलाई रहेको अवस्थामा जफत गरि पोबिबी नेविसंघले प्रशासनलाई बुझाएको छ। पो.वि.वि को मातहतमा रहेको सवारी साधन दुरुप्रयोग भै भेटिएकाेमा खेद प्रकट गर्दै नेविसंघ पोखरा बिश्वबिद्यालयले कार्वाहीको माग समेत राखेको छ।
“सवारी साधन पो.वि.वि ले प्रशासनिक काम कार्य गर्न दिएको हो,अरु लाई निजि प्रयोग गर्नको लागि दिएको हैन, येस्तो काम गर्नेलाई ने.वि.संघ ले पो.वि.वि बाट लखेटन पनि सक्छ।” भन्दै नेविसंघ कास्किका नेता प्रताप बानियाले चेतावनी समेत दिएका छन।
नेविसंघ पोखरा बिश्वबिद्यालय मुल इकाई समितिका सभापति फिरोज सुवेदिले बिहीवार बिज्ञप्ती जारी गर्दै कारबाहीको माग गरेका हुन।
बिहीवार नेविसंघ कास्कीका नेता प्रताप बानिया,नेविसंघ पोबिबि मुल इकाई समिति सभापति फिरोज सुवेदी,नेविसंघ विद्यार्थी नेता डिफान भुजेल,पोबिबी नेविसंघ मुलइकाई समिति उपाध्यक्षदय दिपेन्द्र गौतम र असिम सुवेदी, बिबिए संकाय सचिब प्रबिण ओझा, तरुण दल महानगर सदस्य प्रकाश पुन,तरुण दल पोखरा वडा नं-३० सचिब सुवास भण्डारी, नेविसंघ ढुङ्गेपाटन नेतादय पुकार पुन र आसिस पुन लगायतको उपस्तिथिमा उक्त कार्यक्रम भएको हो।
(पढ्नुहोस नेविसंघ पोखरा विश्वविद्यालय द्वार जारी गरीएको बिज्ञप्ती ।))

0 Comments