Time

Ticker

6/recent/ticker-posts

सहि किर्ते गर्न कर्मचारीलाई कार्वाहीको माग गर्दै नेपाली काङ्ग्रेस पोखरा ३१

२३ कात्तिक २०७७, पोखरा 


नेपाली काङ्ग्रेस पोखरा महानगरपालिका वडा नं ३१ ले वडामा कार्यरत कर्मचारिले वडा अध्यक्षको सहि किर्ते गरेको भन्दै कार्वाहिको माग गर्दै  वडा कार्यसमितिलाई ध्यानाकर्षण पत्र जारी गरेको छ। 
}

 "पोखरा ३१ मा कार्यरत कर्मचारी विष्णु प्रसाद लामिछानेले कार्यवाहक अध्यक्षको सहि किर्ते गरि सिफारिस गरेको भन्ने कुरा वडा सदस्य विष्णु भुजेलले कार्वहिको लागि माहानगरमा निवेदन गरेको कुरा प्रष्ट हुन आएकोमा नेपाली काङ्ग्रेस पोखरा ३१ गम्भीर ध्यानाकर्षण भएको छ।", ध्यानाकर्षण पत्रमा भनिएको छ।

नेपाली काङ्ग्रेस पोखरा ३१ का सभापति धुर्वराज अधिकारीले बिज्ञप्ती जारी गर्दै ध्यानाकर्षण जनाएका छ्न। 

जिम्मेवार कर्मचारी बाट अख्तियर दुरुपयोग गरि किर्ते काम गर्दा जनप्रतिनिधिको बदनाम गराउने र कर्मचारीले अनुचित आर्थिक लाभ लिई भ्रष्टाचार मौलाउने भन्दै सर्वसाधारण जनताको सम्पत्तिको सुरक्षा नहुने भएकोले यस्ता कर्मचारीलाई तत्काल कार्वाहिको माग उक्त ध्यानाकर्षण पत्र मार्फत जनाएको छ।

(जारी गरिएको ध्यानाकर्षण पत्र पढ्नुहोस।)


Post a Comment

0 Comments