२८ कात्तिक बुधवार ,०७७।
विधार्थी साहित्य जगतमा अर्को नौलो ताराको रुपम जुपिटरको उदय भएको छ।
सानै उमेरमा साहित्य जगतमा रुचि राख्ने विलक्षण प्रतिभाशाली जुपिटरको जन्म पर्वत जिल्ला कार्किनेट गा.बि.स(हाल फ.न.पा 1) मा पिता स्व. कृष्ण राज उपाध्याय र ममतामही आमा धनमाया उपाध्यायको गर्बबाट भएको हो। भने हाल पोखरा स्थित बिरौटा बसोबास गर्दै आएका “जुपिटर” ले वास्तविक नाम “शिवराम पौडेल” वताउछ्न। जिवनका भोगाई र समाजमा देखिएको विकृति लाई टपक्क टिपेर आफ्ना सृजनामा उतार्न क्षमता भएका जुपिटरको रचनाहरुमा समसामयिक तथ्य यथार्थताको पेचिलो फरक स्वाद भेटिन्छ।
समाज रुपान्तरणको लागि ने.वि.संघ वाट विधार्थी राजनितिमा होमिएका उनी २०,२१ वर्षिय हुर्किदो कलिलो जवानिमा मिजासिलो र हसिलो सोभावका उनको जिम्मेवारपुर्ण यथारतापरक रचनाहरु र प्रष्ट वाचन शैलिले जोकोहिलाई पनि आश्चर्य चकित पार्दछ।
हाल पृथ्वीनारायण क्याम्पसमा स्नातक तृतिय बर्षमा अध्ययनरत उनले आफ्नो साहित्यमा सानै उमेरबाट नै रुचि रहेको र सधैं कलम चलाउने अठोटका साथ अघि बढ्ने बताउँछन्।
क्याम्पस लगाएतका विभिन्न कार्यक्रममा उनको छुट्टै किसिमको परिचय दिन सफल जुपिटर विभिन्न कार्यक्रममा फरक अभिव्यक्तिका रचनाले सबैमा प्रभाव जमाउन सफल भएका छन्।
उहाँका केही साहित्तिक रचनाहरु यस प्रकार छ।
·
याद काफी छ्न, यस्ता भावना आउन सक्छ्न
गर्छु प्यार भन्नेले फेरि घाँटी समाउन सक्छ्न !!
तिमी गयौं, म पर्खिन्छु तिमी न फर्क म भन्छु
फर्किदा समय बित्ला कफन उठाउन सक्छ्न !!!
दोबाटो समय साथ दिएको भए, राहथ पाउँथे
केही त मलाई त्यहिँ साथी बनाउन सक्छ्न !!
म प्रेम गर्थे यसकारण पर्खिरहेछु तिमिलाई
सिंदुर मात्रै त जो कोहिले लगाउन सक्छ्न !!!
·
यो कस्तो स्वतन्त्रता
नोठले मोहरलाई चुट्ने यो कस्तो स्वतन्त्रता
पाए सबैले लुट्ने यो कस्तो स्वतन्त्रता !!!
यहाँ मानिस परजीवीको रुप धारण गर्छ
अपच भई बन्धन टुट्ने यो कस्तो स्वतन्त्रता !!
अपच भई बन्धन टुट्ने यो कस्तो स्वतन्त्रता !!
माफियाले साउती मार्दै कृतन ध्वनि सुन्दा
देशका नेता त्यहीँ जुट्ने यो कस्तोस्वतन्त्रता !!!
देशका नेता त्यहीँ जुट्ने यो कस्तोस्वतन्त्रता !!!
पृथ्वी हिडेकै छर्लङ्ग देखिन्छ सिमाना तिर
स्थायी हाम्रो खम्बा फुट्ने यो कस्तो स्वतन्त्रता !!!
स्थायी हाम्रो खम्बा फुट्ने यो कस्तो स्वतन्त्रता !!!
·
ढुङ्गामा नै यत्रो इज्जत मैले बुझिन
प्रभुलाई नै मान्छे जरुरत मैले बुझिन !!
प्रभुको त लिला हुन्छ अरे स्वर्ग तिर
मन्दिर भरी यस्को बहुमत मैले बुझिन !!
संन्याशी हुँ भन्दै पहेँलो बस्त्र उन्दै
किन गर्छ यौनको चाहत मैले बुझिन !!
पीडा पोख्दै मनुष्य मन्दिर भित्र पुग्छ
हुन्छ मुर्तिमा के कुफत मैले बुझिन !!!
·
जिन्दगी बनाउनेको संघर्ष
जिन्दगीले धेरै माथ,भारी बनायो
गरिब अनि कहिले,भिकारी बनायो !!!
जिन्दगीले धेरै माथ,भारी बनायो
गरिब अनि कहिले,भिकारी बनायो !!!
आङ ढाक्न लाई रेसमको धागोले
सुरुवाल,कमिज सँगै,सारी बनायो !!
सुरुवाल,कमिज सँगै,सारी बनायो !!
अनुहारमा सुन्दरता न झल्के पछि
पहिला दिमाग् अनि दारी बनायो !!!
पहिला दिमाग् अनि दारी बनायो !!!
भाग्यमा सबैले बिश्वास गरेनन् रे
देबताको मुर्ति सँगै फुल-बारि बनायो !!
देबताको मुर्ति सँगै फुल-बारि बनायो !!
·
अंक अक्षर केर्दै थिईन फुल लिएर !!
दिन सकिनन उनले रातो गुलाब
आँखा भित्र बेर्दै थिइन फुल लिएर !!!
0 Comments