Time

Ticker

6/recent/ticker-posts

सातौं अधिवेशन मार्फत नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस कानुन समन्वय समितिले पायो भट्टराई को नेतृत्वमा नयाँ कार्यसमिति

नेपाल विद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पस कानून समन्वय समितिको सभापतिमा विवेक भट्टराई निर्वाचित भएका छन् ।
पृथ्वीनारायण क्याम्पसको सभा हलमा भएको संघको सातौं अधिवेशनले भट्टराईलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरेको हो । 

संघको उपसभापतिमा प्रविन कोइराला, मनिष श्रेष्ठ, भानुभक्त लम्साल, सिद्धान्त चौहान, स्नेहा खनाल छन् ।

यसैगरी सचिवमा अमिषा यादव र मानवराज बराल, सहसचिवमा निश्चल बस्नेत, शिक्षा काफ्ले र स्वेता पराजुलीका साथै कोषाध्यक्षमा श्रेया खनाल पनि सर्वसम्मत निर्वाचित भएका हुन् । 

यसैगरी विमल देवकोटा, रक्षा पौडेल  इशानी अधिकारी लगायत सदस्य रहेको कार्यसमिति चयन भएको हो ।
कार्यक्रममा डेमोक्रेटिक लयर्स एसोसिएसनका कास्की जिल्ला अध्यक्ष अधिवक्ता कपिलमणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो।
मन्तव्यका क्रममा नव निर्वाचित सभापति भट्टराईले अब पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीहरुले भोग्ने हरेक समस्या विरुद्ध आफ्नो समिति सँधै उभिने र विद्यार्थी हक हितको लागि सँधै लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेविसङ्घ पृथ्वीनारायण क्याम्पसका सभापति गौरव बरालले नेविसङ्घले यस पटकको स्ववियु निर्वाचनमा पृथ्वीनारायण क्याम्पस लगायत देशै भरी इतिहास रच्ने समेत बताए ।
त्यस्तै समितिको कार्यकालको समिक्षासँगै आफ्नो मन्तव्य दिँदै सभापति दिपिका पराजुलीले अब चरित्र हत्याको राजनीति नेविसङ्घले अन्त्य गर्ने बताइन्, चरित्र हत्या गरेर राजनीतिक भविष्य उज्ज्वल हुन्छ भन्नु एक विकृति रहेको बताउँदै उनले आगामी स्ववियु निर्वाचनका निम्ति तयार रहन समेत अनुरोध गरिन्।
कार्यक्रममा समितिका पुर्व सभापति राजेन्द्र पराजुली, तथा विद्यार्थी नेताहरूले सम्बोधन गरेका थिए

Post a Comment

0 Comments