Time

Ticker

6/recent/ticker-posts

प्रतिकुल तवरबाट गरिने सिफ्ट मर्जको विरुद्ध प्रशासनलाई चेतावनी दियो नेविसंघ पृ.ना क्याम्पस

फाल्गुन ७ शुक्रवार,०७७ पोखरा 
पोखरा १ बगर भिमकालिपाटनमा अवस्थित गण्डकी  प्रदेशकै शैक्षिक पुञ्जक रुपले स्थापित क्याम्पस पृथ्वीनारायण क्याम्पसले बिहान सञ्चालन भैरहेको शिक्षाशास्त्र संकायलाई दिवा कार्यक्रममा सिफ्ट गरेको प्रती नेपाल बिद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसले आपत्ति जनाएको छ।

अधिकांश बिद्यार्थीहरु गरिब तथा मध्यम बर्गीय बिद्यार्थीको अध्य्यन केन्द्र रहेको क्याम्पसमा बिद्यार्थीको चाहाना अनुरुप सिफ्ट मर्ज नगरी त्रीवीलाई देखाएर प्रतिकुल तवरले गरिने गतिविधि नेविसंघलाई मान्य नहुने भन्दै फाल्गुन ७ गते नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति दिपक शर्मा वाग्लेले बिज्ञप्ती जारी गर्दै बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छ्न।


"स्वच्छ शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न हकलाई ध्यान दिनुपर्ने अवस्थामा बिद्यार्थीको भावना बिपरित गरिने यस्ता निर्णयले शिक्षा क्षेत्रमा ब्यापारिकरणको गन्ध मिसिएको अनुभुती लिएका छौं।" बिज्ञप्तिमा भनिएको छ।

नेविसंघले पटकपटक ध्यानाकर्षण गर्दा समेत 
क्याम्पसले लकडाउनको समयमा सेमेष्टर र वार्षिक प्रणालीको ट्युसन फि र परीक्षा शुल्क बाहेक अन्य शिर्षकमा लिइने शुल्क मिनाह नगरेको र यश संम्बन्धमा कुनै सुनुवाई नभएको परिवेशमा तालाबन्दी यथावत रहेको नेविसंघ पृथ्वीनारायण क्याम्पस नेता गौरव बरालले जानकारी दिएका छन ।

तत्काल बिद्यार्थीको रोजाइअनुरुप बिहान र दिवा दुबै सिफ्टमा विभिन्न संकाय समितिमा पठनपाठन गराउन माग गर्दै अन्यथा विधार्थिको प्रतिकुलता प्रती नेविसंघ मौन नबस्ने भन्दै बिज्ञ्प्ती मार्फत थप कडा कदम चाल्न बाध्यहुने कुरा जनकारी गराएको हो।


Post a Comment

0 Comments