Time

Ticker

6/recent/ticker-posts

नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ मोदी गाँउपालिकाको प्रथम अधिवेशन हरिवहादुर लामिछानेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन।।

पौष १५ आइतबार  (२०८०)
नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ मोदी गाँउपालिकाको प्रथम अधिवेशन हरिवहादुर लामिछानेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गर्दै आईतावार डिमुवामा सम्पन्न भएको छ । 
अधिवेशन समूदघाटनमा समारोहमा प्रमुख अतिथि कांग्रेस गण्डकी प्रदेश सदस्य मिना के.सी. , नेका जिल्ला  उपसभापतिद्धय डाक्टर चुडामणी शर्मा, शिव प्रसाद सुवेदी र सचिव गुप्तनिधी शर्माले मोदीमा किसान महासंघ गठनसंगै पाटी सवलीकरणमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा वोल्दै पर्वत कांग्रेसका निवर्तमान सचिव विश्व प्रकाश प्रसाईले पाटीको पदमा रहनु र जिम्मेवारी पुरा गर्नु फरक भएको भन्दै पद र प्रतिष्ठा, पद र प्रभावलाई सन्तुलनमा राख्न सके मात्र पाटी मजवुद हुने वताउनु भयो । 
 
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका जिल्ला सदस्य राम वहादुर प्रसाई,  प्रदेश क का सभापति राज कुमार क्षेत्री, मोदीका कांग्रेस सभापति निर्दोश लामिछाने, नेपाल महिला संघ पर्वतका सचिव सुसिला शर्मा लगायतले अहिलेको अवस्था र सुदृदीकरणका विविध पक्षहरुको वारेमा वोल्नु भएको थियो ।

नेपाल किसान महासंघ, पर्वतका अध्यक्ष रघुनाथ गौडेल सागरको अध्यक्षता, नेपाली कांग्रेस मोदीका सचिव कृष्ण वहादुर मल्लको सञ्चालन, महासंघ जिल्ला सचिव हेम अधिकारीको स्वागत एवम् गण्डकी प्रदेश सदस्य प्रेम प्रसाद लम्सालको धन्यवाद मन्तव्य सहित अधिवेशन समापन भएको छ।।।

Post a Comment

0 Comments