Time

Ticker

6/recent/ticker-posts

ने वि संघ पृथ्वीनारायण क्याम्पसले डिन कार्यलयमा बुझायो ज्ञापन पत्र

नेवि संघ पृथ्वीनारायण क्याम्पसको कानुन समन्वय समितिको प्रतिनिधि मण्डलले सोमबार त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

कानुन समन्वय समितिका सचिव विवेक भट्टराईको नेतृत्वमा प्रतिनिधिमण्डलले सोमबार कानुन संकायका डिन र सहायक डिनसँग अलग अलग भेटघाट गरि पृथ्वीनारायण क्याम्पसको कानुन संकायमा रहेका समस्या जानकारी गराएका हुन्।

यसै सन्दर्भमा,बिए. एल.एल.बि कोर्सकाविद्यार्थीहरूलाई लक्षित गर्दै प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालय 'कानुन संकाय' ले छाप्ने  पाठ्यांश(सिलेबस)  विद्यार्थीले प्राप्त नगरेको, बिएएलएलबी, एलएलबी, आदी जस्ता कार्यक्रमहरूलाई थप चुस्त बनाउन शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने र त्यस विषयमा अध्ययन गर्ने, कानुन संकाय मातहत सञ्चालन हुने कार्यक्रमहरूलाई सहज बनाउन र व्यवस्थित गर्न नीति तथा कार्यक्रममा परिमार्जन गर्न अध्ययन गर्ने विषयमा नियमक निकाय डिन कार्यालयको ध्यानाकर्षण गराइएको प्रतिनिधि मण्डलका सदस्यले जानकारी गराए।

प्रतिनिधिमण्डललाई जवाफ दिँदै कानुन संकायका डिनले ध्यानाकर्षण गराइएका सम्पुर्ण मागहरु जायज रहेका र प्रत्येक माग सम्बोधन र सम्बोधन गर्न पहल गर्ने बताउनुभयो।

हामी इखबर सन्दर्भ सँग कुरा गर्दै कानुन समन्वय समितिका सचिव विवेक भट्टराईले पृथ्वीनारायण क्याम्पसमा नेविसङ्घले विद्यार्थी सहुलियतका लागी हेल्प डेस्क समेत राखेको बताउनुभयो।

Post a Comment

0 Comments