Time

Ticker

6/recent/ticker-posts

पर्वतमा गठबन्धनलाई भोट किन ?

असोज २७ पर्वत २०७९, बिहिवार 



मुलुकमा यतिबेला संघारमा छ । राजनैतिक दलहरु उम्मेद्बारी दर्ता गरेबाट तीब्र चुनावी प्रचारप्रसारमा व्यस्त छन । नेपाली कांग्रेस पर्वतको आफ्नै गौरवशाली बिगत छ । जिल्लामा बिकासको जग खन्ने देखि ईटा थप्ने सम्म। भौतिक र सामाजिक बिपन्नताबाट सम्पन्नताको यात्रासम्म कांग्रेसले दिएको योगदान ऐतिहासिक छ । कांग्रेस आफुले दिएको योगदानको जगमा टेकेर समृद्धिको चाहनालाई मुर्तरुप दिन प्रयत्नशील पनि छ, प्रयासरत छ । यसर्थ पनि कांग्रेस आफुले समाजका हर तह र तप्कामा दिएको योगदानप्रती गर्वानुभूती गर्दै निर्वाचनको माहोलतर्फ आफ्नो सम्पुर्ण ध्यान केन्द्रीकृत गरेको छ ।

आदरणीय साथीहरु ! निर्वाचनको यो पेरिफेरिमा केही विगत , धेरथोर वर्तमान र बढी भविष्यको सिमामा रही पार्टी संगठन र तिनका उमेदवारहरुका बारेमा चर्चा –परिचर्चा हुनु स्वभाविक बिषय रह्यो । विगत ५ बर्षयताको संसदीय राजनैतिक अभ्यास , त्यसको पृष्ठभुमी , जनमतको उपयोगरदुरुपयोग र समुल निकासबारे हामी सबै जानाकार हुनुनै पर्छ । बामपंथी गठबन्धनको निर्माण , दुईतिहाई नजिकको सुबिधाजनक बहुमत , बहुमतको आडमा खेलिएका दुषित राजनैतिक खेलहरुका बारेमा हामी बिचारमग्न छौँ । तर बिचारहरु बरकरार छन, स्थिर सरकार र बामपंथी एकताको नाउँमा कबोल गरिएका बाचाहरु आज कहाँ छन ? ती बाचा र प्रतिबद्धताहरु पूरा गरेर राजनैतिक ईमान देखाउनुपर्ने मुलभुत दायित्वबाट मुख्यतः तत्कालीन सत्ताको प्रमुख घटक नेकपा एमाले किन च्युत हुनपुग्यो ? यी तमाम अनुत्तरित प्रश्नलाई बेवारिस छाडेर उक्त दललाई निर्वाचनमा सरिक हुने नैतिक आधार कति छ ? यो महत्वपूर्ण सबाल बनेको छ ।


तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक मामिला, बिबाद र बिभाजनसम्मका ईस्युहरुलाई नै चुनावी कन्टेन्ट बनाउने हो भने त्यो दलको आन्तरिक जीवनको बिषय बाहिरी लोकका लागि कती सान्दर्भिक होला ? यो पाटो प्रती म रत्तिभर बहस गर्दिन । 

एउटा पार्टी संगठनमा लोकतान्त्रिक आचरण कायम गर्न नसक्नेले देशको लोकतन्त्र बारे कसरी पैरवी गर्न सक्ला ? ठुला राजनैतिक मुद्दाहरुलाई सेफल्यान्डिङ कसरी गराउन सक्ला ? यो बिचरणीय बिषय नै बन्यो । तर मेरो निष्कर्षमा तत्कालीन ओली सरकार अनुत्तरदायी , अविवेकी , अराजक र अक्षम थियो भन्ने कुरा बिगतले प्रष्ट त पारिसक्यो । अति महत्वाकांक्षी र सर्वसत्तावादी सोचबाट प्रेरित शासनमा भ्रष्टाचार र कुशासनबाट हजारौं जनता आहत बन्नुपरेको दृष्टान्त पनि ताजै रह्यो ।


देश महाव्याधिबाट आक्रान्त थियो । लकडाउनमा कोहि भोकै पेट गन्तब्यमा पुग्न नसकेको त , कोहि हस्पिटलसम्म जान नसकेको , कोहि सिटामोल पाउन नसकेको त कोहि अन्तिम सास फेरिरहेको । त्यस्तो कारुणिक समयमा पनि सत्ताको प्रमुख सवाल जनजीविका पर्दैनथ्यो ।

 एति , ओम्नी देखि वाईडबडीसम्म , सेक्युरिटी प्रेस देखि सुनकान्डसम्म , संसद बिघटन देखि अद्यादेशको शासनसम्म सत्ताबाट दिनकै काण्डहरु घटाईएका समाचारहरु बाहिरिन्थे ! गुट र कोटरीबाट सत्ता चल्दै गर्दा लोकतन्त्रवादीहरु लकडाउनमा पनि ूभलयगनज ष्क भलयगनजू देखि ूअलोकतान्त्रिक सरकार खबरदारसम्म दिनहु खबरदारीमा सडक ओर्लिरहन्थे । प्रेस स्वतन्त्रता , आवधिक निर्वाचन , संबैधानिक निकायहरुको स्वायत्तता तत्कालीन ओली सरकारको निशानामा थिए । पटक(पटक बिघटित प्रतिनिधि सभा पुनःस्थापना पश्चात् नेपालको लोकतन्त्रले नया ट्र्याक लिन पुग्यो , यसर्थ संबैधानिक सर्बोच्चता र बिधिको शासनका खातिर बाम (लोकतान्त्रिक गठबन्धन थप उन्नत र प्रगतिशील ठहरियो !


एति धेरै बदनियत पुर्ण कृत्यहरु हुँदा के तपाईले मत प्रदान गरेको जनप्रतिनिधि लोकतन्त्र र बिधिको शासन प्रती प्रतिबद्ध थियो ? वा असंवैधानिक र अलोकतान्त्रिक शासनको मतियार बन्न पुगेको थियो ? के तपाईको मत रद्दीको टोकरीमा फालेर साढे दुईबर्ष मै असंबैधानिक बाटोबाट जनमत प्राप्तिको लागि पुनः तपाईको आगनमा आउँदै थियो । यो भन्दा भद्दा मजाक अरु के हुनसक्थ्यो ? तसर्थ न्यायप्रेमी जनसमुदाय १ बिबेक र बिचार सहित लोकतन्त्रलाई शिरमा राखेर पर्वतबाट हामीले पनि एउटा नबीन सन्देश दिनु नै पर्छ ।


आदरणीय अग्रजहरु ! हजुरबुबा पुस्ता देखि तपाईहरुको पुस्तासम्म अलोकतान्त्रिक शासनका बिरुद्ध लड्दै गर्दा म पनि त्यस्तै शासनको बिरुद्ध लड्दै जाने हो भने म सग त धैर्यता होला, नहोला तर समय सग छैन । समय घर्किसक्यो , युग बद्लिसक्यो । जुन शक्तिले नेपाललाई शान्ती र संबिधान दियो , त्यही शक्तिले आम–समृद्धिको नेतृत्व दिन्छ भन्ने मान्यता कम्तिमा मैले राखेकी छु । गफ गर्ने होइन , काम गर्ने नेतृत्व आजको जरुर आवश्यकता हो ! पर्वतमा अर्जुन जोशीका प्रती थुप्रै व्यक्तिगत विमती होलान तर पर्वत निर्माण र विकासका सबालमा उनी जग हुन , वास्तविक धरोहर पनि !


तसर्थ प्रतिगमनकारी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने हाम्रो आफ्नै दृष्टिकोण त छ नै , त्यो भन्दा बढी अवरुद्ध बनेको पर्वतको बिकासको लामो ऐतिहासिक मिसनलाई निरंतरता दिनुपनी छ । जोशीको अगुवाईमा पुर्याइएका हरेक वाडका सडक योजना देखि बिद्युत प्रसारण सम्म , खानेपानी देखि सिचाईसम्म , स्वास्थ चौकी देखि भग्नावशेष बिद्यालय भवनसम्म सबै संरचनालाई उठाउनुछ , तिनलाई संरक्षण गर्नुछ । यो मिसनको अभिभावक बनेर आउनुभएका हाम्रा श्रद्देय नेता अर्जुन जोशीप्रती एकपटक हाम्रो स्नेही भाव आवश्यक छ , त्यो बिकासको नाउँमा हो , समृद्धिको नाउँमा हो , प्रगतिको खातिर हो ।


अन्त्यमा , आदरणीय साथीहरु ! औपचारिक र अनौपचारिक फोरमहरु मार्फत पर्वत बिकासका सबालमा कांग्रेसका थुप्रै दृष्टिकोणहरु आएका छन । हाम्रो पार्टी कर्ममा विश्वास गर्छ । हुनत बोल्नेको पिठो बिक्छ , नबोल्नेको चामल पनि बिक्दैन भन्ने लोकोक्ति छ । प्रस्तुत युक्तिले कांग्रेसको विगत र वर्तमानलाई प्रस्ट्याएको छ । यस लोकोक्तिले कांग्रेस काम गर्छ तर प्रचारबाजीमा रमाउदैन भन्ने सन्देश दिएको छ । खैर, जनाधिकार , लोकतन्त्र र सामाजिक न्याय सहितको बिकासका लागि कांग्रेस तपाईहरुको आगनमा आएको छ । विश्वास छ , बाकी रहेका अभिभारालाई टुंगोमा पुर्याउन र नौलो बिकासको मोडल पहिल्याउन अनुभव र उर्जा सहितको सक्षम नेतृत्वलाई अनुमोदित गर्नुहुनेछ । नमस्कार , जय नेपाल !!
लेखक नेपाली कांग्रेस मोदी गाउँपालिकाकी उपसभापति हुन् ।

प्रकाशित मिति २७ आश्विन २०७९, बिहीबार १५:३०

Post a Comment

0 Comments