Time

Ticker

6/recent/ticker-posts

प्रजातन्त्रवादी प्राध्यापक संघको अनुसन्धान कार्यशाला गोष्ठी सम्पन्न

असोज ०७ पोखरा २०७९, बुधबार 
प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस पोखराको आयोजनामा हुने नियमित अनुसन्धानमुलक कार्यशाला गोष्ठीको चौथो शृंखला अन्तर्गत डा. रामजीवन यादवले Materials Chemistry Local to Global Chef d'oeuvre शिर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो।

कार्यपत्र प्रस्तुत गर्दै डा. यादवले स्थानीय स्तरमा हुने पदार्थको कसरी विश्वव्यापी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा विभिन्न उदाहरण सहित कर्कलो, बनमारा लगायतका वनस्पतिहरू बाट वातावरण मैत्री स्थानीय उत्पादन डायपर वा सेनेटरी प्याड उत्पादन गर्दै बिश्व बजारमा बिक्री गर्न सकिने बिचार ब्यक्त गर्नुभएको थियो।  साथै हाम्रो ढुङ्गाहरुमा पाइने बहुमुल्य धातुहरू आजको सुचना प्रविधिको लागि गुणस्तरीय उपकरण बनाउन  महत्वपूर्ण हुने बिचार ब्यक्त गर्नु भएको थियो।
 
कार्यक्रममा अँग्रेजी शिक्षा विभाग का उपप्राध्यापक द्वय पितृराज बाँस्तोला र पिताम्बर पौडेलले नेपाल सँस्कृत विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेकोमा सम्मान समेत गरिएको थियो।

 कार्यक्रममा बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो। संघका अध्यक्ष देवीलाल शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कृष्णप्रसाद त्रिपाठीले संचालन गर्नुभएको थियो।

Post a Comment

0 Comments