देशकै
ठुलो लोकतान्त्रिक पार्टीमा पदाधिकारीको लागि गरिने स्वच्छ आन्तरिक
प्रतिष्पर्धालाइ पार्टीको सुन्दर पक्षको रुपमा ब्यख्या गरिनु पर्छ। तर केन्द्रिय
राजनीतिमा गुट उपगुटका हाँगो झाँगीएका छन् र ति झाँगिएका हाँगामा निहित स्वार्थ
बोकेका विभिन्न गैर राजनीतिक इतिहास र सस्कार बोकेका ब्याक्तिहरुको हाबी भएको छ।
एकातिर २०४८ साल पछि राजनीतिक व्यवस्था परिबर्तन भएको छ । तर, पात्र र प्रवृती परिबर्तन हुन् नसक्दा जनताको अवस्था परिबर्तन हुन्
सकेको छैन भने अर्कोतिर बैचारिक सैद्धान्तिक र नेतृत्वदायी भूमिका इतरका
व्यक्तिहरुको हाबी हुन् खोजिरहेको छ। चाकडी वा नाताबादलाइ प्राप्त हुने कृपा र
आशिर्बादले राजनीतिमा पकड जमाउन खोज्ने गैर धरातलीय स्व घोसित नेताबाट राजनैतिक
सस्कार, सिद्धान्त, सहकार्य, समन्वय र संगठन खोज्नु
आफैमा मुर्खता हो। अहिलेको अबस्थामा हुन गैरहेको १४ महाधिबेशनले काँग्रेस पार्टीको
मात्रै भबिस्यको लागि नभई देशलाई नै एक समुन्नत सक्षम रास्ट्रको रुपमा आगाडी बढाउन
सक्ने सबल नेतृत्व खोजिरहेको छ। तथापी अहिले सम्मको अबस्थामा नीति सिद्धान्त ओझेल
परि नेतृत्वको मात्र बहस चलेको छ।
एक
लोकतान्त्रिक पर्टिमा निश्चित कार्ययोजना र नीतिका लागि बैचारिक समुह उपसमूहमा
छलफल वा आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक गतिबिधि हो । तर, राष्ट्रिय बहसका बिसयमा काँग्रेसको नीति, योजना, संगठनिक कार्यबिधि र
नेतृत्वको सगसगै बहस हुनुपर्नेमा पद,
शक्ति
र स्वार्थका लागि नेतृत्वमा मात्रै केन्द्रित बनिरहदा यसले धेरैको आस्था सिद्धान्त
मा प्रहार गर्दै स्वयम काँग्रेस लाइ नै खुम्च्याएको छ।
कार्यकर्ताको भूमिका
नेपाली
काँग्रेस जस्तो देशकै ठूलो ऐतिहासिक लोकतान्त्रिक पार्टीको कार्यकर्ता हुन पाउनु
आफैमा गर्वको बिषय हो। लोकतान्त्रिक पार्टीको कार्यकर्ताको हैसिएतले नेतृत्व चयन
गर्न पाउने अधिकार कार्यकर्तामा सुनिश्चित रहेको छ। मतलब आसन्न महाधिबेशनमा आफ्नो
आमुल्य भोटले आफुले रोजेको सैद्धान्तिक बैचारिक नेतृत्व चयन गर्ने काँग्रेस
कार्यकर्ता स्वतन्त्र छन्। आशन्न महाधिबेशन नाजिक्कीदै जाँदा काँग्रेसका भातृ
संगठन, शुभेच्छुक संघ सस्थाले
पनि बैचारिक, सैद्धान्तिक स्वच्छ छबिको
नेतृत्व चयनमा सघाउनु पर्छ नत्र अधिबेशन पश्चात नेतृत्व एस्तो उस्तो भयो भन्नु
बाहेक अरु केहि हुदैन। आन्तरिक प्रतिष्पर्धालाइ स्वभाभिक लोकतान्त्रिक गतिबिधिको
रुपमा नियाल्दै कार्यकर्ता ले आफ्नो मताधिकार स्वतन्त्र रुपले प्रयोग गर्नुपर्छ तर
केहि जिल्ला तथा राष्ट्रिय परिवेश लाइ नियाल्न भुल्नु हुदैन
१ नेतृत्व स्वयमको क्षमता, दक्षता र सांगठानिक संलग्नता नेतृत्व गर्ने ब्याक्तिले
अरुलाई समेटेर लैजान सक्ने लचक राजनीतिक संस्कार र सभ्यता बोकेको स्वच्छ छबि ।
३ आगामी आम निर्बाचनमा देशैभरीबाट करिब२०\३० लाख युवा नयाँ भोटर लिस्टमा थपिने छन्
ति आम स्मार्ट युवालाइ कसरि काँग्रेससग जोड्ने भन्ने काँग्रेसको चुनौती हो। यसका
लागी प्रबिधिमैत्री स्मार्ट युवालाइ जिल्ला र केन्द्र स्तरको नेतृत्वदायी तहमा राख्नसके
नयाँ भोटर लिस्टमा आउने युवालाइ काँग्रेसमा आकर्षित गर्न सकिने छ। युवा यसैपनि जोस
जाँगर नविनतम सोचका साथ अगाडी बढिरहेको हुन्छ जसले काँग्रेसलाइ आधुनिक सोच विचारका
साथ नयाँ उचाईमा पुर्याउन अहम भूमिका खेल्ने छन्।
४ कार्यकर्तालाइ कसैको गतिबिधि , आचरण , ब्याबहार, रास्ट्रिय र जिल्ला राजनैतिक मुद्दामा खेलेको भूमिका
मनपरेको छैन भने स्वतन्त्र कार्यकर्ताको हैसियतले विकल्प खोज्नुपर्छ तर कुनै
प्रलोभन वा आशामा डुबेर गलत नेतृत्व चयन गर्नु हुदैन।
लेखक
नेपाल बिद्यार्थी संघ पर्बतका अध्यक्ष हुन।
0 Comments