"पाल्पा र स्याङ्जाको सिमाना राम्दीबाट डाइभर्सन गरी तिनाउमा लैजाने योजना छ । राम्दीदेखी तल्लो तटीय क्षेत्रका स्थानीय सरकार तथा नागरिकले डाइभर्सनको विरोध गर्दै आइरहेका छन् । हाँले हँचुवाका भरमा पेलेर अगाडि बढ्दा तटीय क्षेत्रका हजारौँ जनता विस्थापित हुने मात्र नभई यसले प्राकृतिक स्रोतमाथिको जनताको अधिकारलाई सधैंका लागि समाप्त पार्नेतर्फ सरकार सचेत हुनुपर्छ।" राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष सञ्जय मगर (लभसन)ले बताए।
गण्डकी र लुम्बिनी भएर बग्ने कालीगण्डकी नदीलाई स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडाबाट सुरुङमार्फत तिनाउमा झार्ने र कपिलवस्तु र रुपन्देहीका फाँट सिंचाइ गर्ने महत्वाकांक्षी परियोजनाको कार्यालय स्थापना भएसँगै विभिन्न राजनीतिक दल संघ संगठन, संघर्ष समितीद्वार बिरोध हुँदै आइरहेको छ।
"धार्मिक हिसाबले शालिग्राम पाइने, हिन्दू, बौद्ध लगाएत विभिन्न धर्मवलम्बिको आस्था जोडिएको, आध्यात्मिक वैभवयुक्त, पवित्र नदीलाई सांस्कृतिक, जैविक र ठूलो मात्रामा मानव जीवन यस क्षेत्रको सभ्यता नै खलबलिने छ यसले न त अन्तर्राष्ट्रिय सन्धि र संविधानको मर्म अनुरुप छ न प्रदेश र स्थानीय तहसँग समन्वयन नै भएको छ। आम जनताको हित बिपरित, संघियता र संबिधानको स्प्रीट बिपरित रहेको परियोजना तत्काल खारेज गरिनु पर्दछ।" नेविसंघ पृथ्वीनारायण क्याम्पसका प्रभावशाली नेता गौरब बरालले बताए।
राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष लभसन मगरले मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीलाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए। स्वास्थ्य सुरक्षात्मक सतर्कता पालना गर्दै उक्त ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा नेविसंघ नेता गौरव बराल,सिवहरी पौडेल(जुपिटर), रसिस भण्डारी, सुजि आले मगर, संस्कार कोइराला, ॠषिकेश चालिसे, सुशान्त पराजुली, प्रयास कोइराला लगाएतको उपस्तिथि थियो।
कालिगण्डकि डाईभर्सन कुनै हालतमा स्विकार्य छैन, कालीगण्डकी एउटा पानी बग्ने सामान्य नदी मात्रै नभएर समग्र राष्ट्रको सभ्यता भएको बताउँदै डाईभर्सन आयोजनालाई कुनै पनि हालतमा अगाडि बढ्न नदिन गण्डकी प्रदेश सुरुवाती चरण बाटै लागेको भन्दै केन्द्रिय सरकारले यसको बिरुद्दमा काम गर्दै गर्दा यसको बिरुद्ध हाम्रो क्षेत्रबाट पुर्ण रुपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जनाएका छ्न।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता रशिस भण्डारीले कालीगण्डकी डाइभर्सन परियोजनाका विरोधमा गण्डकी सरकारका साथ उभिएका छौँ र परियोजना फिर्ता नलिए जस्तोसुकै कदम पनि चाल्न सक्ने बताएका छ्न।
अर्थमन्त्री बिष्णु पौडेलले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अगाडि बढाउने घोषणा गर्दै बजेटको कमी हुन नदिने घोषणा संगै डीपीआर निर्माणका लागि कार्यालय उद्घाटन गरेकै दिन देखि गण्डकी प्रदेश सरकार र त्यस क्षेत्रका सांसद तथा राजनीतिक दल संघर्ष समिति संघ संगठनले यसमा आपत्ति जनाउदै आएको थियो।
राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश र नेपाल बिद्यार्थी संघ पिएनको टोलिले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबैलाई थप सजग र सचेत रहन अनुरोध गर्दै आँफुहरु ससक्त सङ्घर्षका लागि तयार रहन समेत आग्रह गरेका छन् ।
0 Comments