१५ चैत्र आइतबार ०७७, पोखरा
नेविसंघ जनप्रीय बहुमुखी क्याम्पस म्यानमारमा भएको शैनिक कु ले 'स्तब्ध' भएको बताएको छ।
झन्डै डेढ लाख नेपालीभाषी रहेको म्यानमारमा सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएको म्यान्मारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो । गत नोभेम्बरमा म्यान्मारमा भएको चुनावमा आङ सान सुचीको दल नेसनल डेमोक्रेटिक पार्टीले अत्यधिक मत ल्याएर जितेपछि धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको हो । यस पटकको सैन्य ‘कु’ पछि एक वर्ष लामो संकटकाल घोषणा गरिएकाले स्थिति निकै असहज बनेको छ ।
नेविसंघ जनप्रीय क्यम्पस मुल इकाई सभापति नशिब गुरुङ्ग्ले आइतबार बिज्ञप्ती जारी गर्दै म्यान्मारमा गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको नेत्री शुचि लाई थुनामा राखी गरिएको शैनिक कु संगै नागरिक अवज्ञा आन्दोलनमा दर्जनौँ मानिसको हत्याले स्तब्ध बनाएको बताएको छ।
सात वर्षीया बालिका मारिएकै सहर मन्डालेमा गत सोमबार ८ कक्षा पढ्ने १५ वर्षीय बालकलाई सेनाले गोली हानी मारेको थियो । घर अगाडिको धारामा पानी भर्न निस्किएका बेला ती बालकलाई गोली हानिएको थियो ।
बहुमत प्रप्त पार्टीलाई थुनामा राखी गरिएको शैनिक कु को नेविसंघ जनप्रीय बहुमुखी क्याम्पसले " लोकतन्त्रलाई आफ्नो मुलमन्त्र मान्दै मानवतालाई केन्द्रमा राख्दै शैक्षिक अधिकार न्याय मानवता र स्वतन्त्रताको निम्ति स्थापनाकाल देखि संघर्षरत संगठन नेविसंघ लोकतन्त्र र मानवता बिरोधि नरसंहारको बिद्रोहको विरुद्ध आवाज उठाउदै शान्ती र बिधिको शासनको निम्ति पहल गर्नु आफ्नो दायित्व र स्वभाविक ठान्दछ।" जारी गरिएको बिज्ञप्तिमा भनिएको छ।
शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको सबभन्दा बढी हताहत भएको दिन थियो। एक सय जना भन्दा बढी मानिस मारिएको स्रोतले बताएको छ।"बर्माका साहसी मानिसहरूले सैनिकहरूको आतङ्कित पार्ने किसिमको शासन अस्वीकार गरेका छन्।"चेतावनी दिँदादिँदै पनि प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिका सहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको हो।
"शैनिकको उक्त कदमलाई बिरोध प्रदर्शनका क्रममा मारिएका अभियन्ता, बालबालिका र नागरिक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, हामी चाहान्छौं यसमा संलग्न सबै पक्षहरूले म्यानमारका जनताको इच्छाको सम्मान गर्नेछन् र आशा गर्दछौं तत्काल उक्त नरसंहारकारी कदम रोक्दै, विश्वास गर्दछौं प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनःस्थापना संगै देशमा शान्ती र बिधिको शासन सञ्चालन होस् ।" जारी गरिएको बिज्ञप्तिमा भनिएको छ।
गत नोभेम्बरमा म्यान्मारमा भएको चुनावमा आङ सान सुचीको दल नेसनल डेमोक्रेटिक पार्टीले अत्यधिक मत ल्याएर जितेपछि धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको हो । आन सान सु चीको दल न्याशनल लीग फर डेमोक्रेशीले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको छ। म्यान्मारको आन्दोलनलाई तथ्यांकगत र वस्तुगत रिपोर्ट गर्दै आएको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार फेब्रुअरी १ मा भएको सैन्य ‘कु’ पछि सेनाबाट २ सय ७५ जना निर्दोष नागरिकको ज्यान गएको छ भने २ हजारभन्दा बढीलाई थुनामा राखिएको छ । सेभ द चिल्ड्रेनका अनुसार म्यान्मारमा कम्तीमा २० बालबालिका मारिएका छन् । जारी अवज्ञा आन्दोलनमा उत्रिएकामध्ये अधिकांश नागरिक २५ वर्षमुनिका छन् । गत फेब्रुअरी महिनामा सैन्य कू भए यता विरोध प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ।
0 Comments