Time

Ticker

6/recent/ticker-posts

नेपाली काङ्ग्रेस पोखरा म.न.पा वडा नं २९ द्वारा नयाँ वर्ष २०८१ को शुभकामना कार्यक्रम सम्पन्न

चैत्र २७, बुधबार २०८० | पोखरा | 

नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. २९ द्वारा आयोजित नव वर्ष २०८१ सालको पावन अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

 कार्यक्रमको सभापतित्व उक्त वडाका सभापति दिपक मणी भण्डारी, प्रमुख अतिथि प्रजातन्त्र सेनानी भोजराज भण्डारी बुबा, विशिष्ट अतिथि नेपाली कांग्रेस, कास्की जिल्ला उपसभापति रामबाबु भण्डारी लगायत पार्टीका विभिन्न तह र तप्कामा रहनुभएका महानुभावहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममको शुभकामना मन्तव्य सभापतिले दिनुभयो साथै सम्पूर्ण उपस्थित महानुभावहरुले क्रम अनुसार नयाँ वर्षको शुभेक्षा सम्पूर्ण माझ साटासाट गर्दै पार्टीलाई नयाँ वर्षको आगमन सहित अझै थप मजबुत र सशक्त बनाउने अभिलाषा प्रकट गर्नुभएको थियो।

 कार्यक्रममा विशिष्ट अतिथिले नयाँ वर्षको शुभकामना सहित प्रजातान्त्रिक पार्टीमा चुनावी अभ्यासमा हार जित जे भएपनि पार्टीको बिचार सधै उच्च राख्नु पर्छ भन्ने धारणा राख्नुभयो।

 प्रमुख अतिथिले शुभकामना मन्तव्यमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना गर्दै बि.पी. का बिचार "राम्रो मान्छे भन्दा पनि असल मान्छे बन्नुपर्छ" भनेर उपस्थित सम्पूर्ण सँग खुशी साट्नुभयो । कार्यक्रमको समापन वडाका उप–सभापति चिन बहादुर गुरुङले गर्नुभएको थियो । कार्यक्रम उद्घोषक यसै वडाका सचिव निशान्त ढकालले गर्नुभएको थियो ।

Post a Comment

0 Comments