Time

Ticker

6/recent/ticker-posts

विपि स्मृति दिवसको अवसरमा सडकको खाल्डाखुल्डी पुर्दै महानगरले सांङ्केतिक बिरोध गर्यो नेविसंघ कास्की

  


नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विधार्थी संघ कास्कीले सडकको खाल्डा पुर्दै महानगरलाई सांकेतिक बिरोध गरेको छ। ११० औं विपि जयन्ती दिवसको अवसरमा कास्की जिल्लाका तिनवटै क्षेत्रका विभिन्न ठाउँमा खाल्डा पुरेर सांकेतिक रुपमा बिरोध जनाएको हो।


नेविसंघ कास्कीको अध्यक्ष गौरव बरालले  विपिको शिद्वान्त आवरणले होइन आचरणले अनुभुती गराउदछ कर्मलाई कर्तव्य सम्म जोड्ने र जागरण दिलाउने मर्म समेटिएको बताए । संगै सांकेतिक स्वरूप  सडको खाल्डा पुरेर समस्यालाई ओठे जवाफमा होइन स्थानीय सरकार पोखरा माहनगरलाई नैतिक दबाब दिन भुईमान्छेले भोगिरहेको समस्यालाई महानगर सम्म झक्झक्याउन पर्यटकिय नगरी पोखराको सुन्दर्तालाई बचाउन अभियान थालिएको बताए। 








नेविसंघको  केन्द्रिय सदस्य विजय घिमिरेले महानगरका मेयर ज्युले चुनावमा घोषणा पत्रमा सडक एम्बुलेन्स थालनी गर्न प्रतिबद्धता जनाउनु भएको थियो तर अहिले सडकको खाल्डाले आम भुईमान्छेलाई एम्बुस थापिरहेको जस्तो भएको छ। उक्त प्रतिबद्धतालाई बिउझाउन यो अभियान थालना गरिएको बताए ।


उक्त अभियानमा नेपाल तरुणदल का केन्दृय सदस्य पशुपति भट्टराई , नेविसंघ केन्द्रिय सदस्य बिजय धिमिरे , नेविसंघ कास्कीको अध्यक्ष गौरब बराल , नेविसंघ पोखरा विश्वविद्यालय को स्वोवियु सभापति प्रत्त्यासी दिफान भुजेल तथा नेविसंघ कास्कीका निवर्तमान सचिब विष्णु पाहारी , नेविसंघ विन्दुवासीनी संस्कृत क्याम्पस अध्यक्ष प्रविण चन्द्र बराल, नेविसंघ कास्कीको नि सहसचिब चुमन गुरुङ को सहभागीता रहेको थियो। खाल्टा पुर्ने यो अभियानको क्रममा पोखराको जिरो किलोमिटर , बिरौटा , नदिपुर ,  बुद्दचोक , अ्मरसिंह चोक ,  विजयपुर पुल वारी र पारी हुदै यस्तै अन्य चोक हरुमा खाल्टा पुर्ने कार्य सम्पन्न गरीएको छ । बाटोमा खाल्टा खुल्टी हुदैगर्दा यात्रुलाइ सवारी सादन चलाउदा असहज हुने हुदा र यस्ले ज्यानको जोखिम हुदा यो कार्यको सुर्वात भएको छ।  

Post a Comment

0 Comments