Time

Ticker

6/recent/ticker-posts

नेविसंघ कास्कीको जिल्ला अध्यक्षमा बराल

साउन २६ शुक्रबार, २०८० |पोखरा |
नेपाली काङ्ग्रेसको भ्रातृ विधार्थी संगठन नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति कास्कीको अध्यक्ष मनोनीत भएको छ।

नेविसंघ केन्द्रिय अध्यक्ष दुजाङ्ग सेर्पाले बिज्ञप्ती जारी गर्दै नेविसंघ कास्की जिल्लाको अध्यक्षमा गौरव बराललाई मनोनित भएको छ्न। बराल नेविसंघ पृथ्वीनारायण क्याम्पसको अध्यक्ष समेत हुन।


“नेविसंघ जिल्ला कार्यसमिति कास्कीको जिल्ला अध्यक्ष माथिल्लो तहमा मनोनित भएकोले उक्त रिक्त पदमा नेविसंघको बिधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम नेपाल बिद्यार्थी संघ कास्कीको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ। ” उक्त जारी गरिएको बिज्ञप्तिमा भनिएको छ।

आम बिद्यार्थी माझ लोकप्रिय बरालले लामो समयसम्म अधिवेशन हुन नसकेको नेविसंघ कास्कीलाई संगठित र गतिशील बनाउने अपेक्षा आम सुवेच्छुकहरुको रहेको पाइन्छ ।

Post a Comment

0 Comments