Time

Ticker

6/recent/ticker-posts

युवा र उद्यमशीलता कार्यक्रम सम्पन्न गर्यो नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय

बुधबार ०१ असार २०७९, पोखरा
ने.वि.संघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायले युवा र उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको छ। बिद्यार्थीको पढाइ र व्यवाहरीकताको उपदेयता उजागर गर्दै उद्यमशिलताको अवसर र सम्भावनालाई कसरी पहिचान गरि उपयोग गर्न भन्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।

पृथ्वीनारायण क्याम्पस स्थित ह्वाईटहाउस बिल्डिङ्गमा सञ्चालित उक्त कार्यक्रम तीन सय चौध जना बिद्यार्थीको उल्लासमय सहभागितामा सम्पन्न भएको थियो।

प्रजातन्त्रवादी प्रध्यापक संघ पृथ्वीनारायण क्याम्पस अध्यक्ष देविलाल शर्मा र बिशिस्ट अतिथी युवा उद्यमी नेता नेपाली काङ्ग्रेस द्वय सिरोज विजय कोइरालामिलन थापा र टिका कुमारी गुरुङ्ग संगै नेविसंघ पृथ्वीनारायण क्याम्पस सभापति गौरब बराल हुनुभएको सो कार्यक्रमको सभापतित्व नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिवेक पराजुलिले गर्नुभएको थियो।

कार्यक्रमलाई  पहिलो खण्डमा आयोजक बाट अतिथि संग अन्तर्क्रीयात्मक र दोस्रो उपस्तिथि बिद्यार्थीको जिज्ञासा सहितको अन्तरक्रियात्मक गरि दुई खण्ड बाट सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक शर्माले 
जिवनमा पढेको कुरा व्यवाहारिकतामा आउदैन भने त्यो व्यर्थ भएको बताउदै योग्यता सहितको दक्षता बिकास गर्न बिद्यार्थीलाई जोड दिनुभयो। संसारको शश्वत
 र स्थायी चिज परिवर्तन मात्र रहेको बताउदै परिवर्तन संग गतिशिल बन्न नसक्दा हाम्रो शिक्षाप्रणालिमा विश्वविधालयले समस्या भोग्नुपरेको छ।  पढाएको कुरा व्यवाहारिक रुपमा बुझाउने र पढ्ने बिद्यार्थीले नबुझेको कुरा सोद्ने दायित्वबाट शिक्षक बिद्यार्थीको ताल्मेल मिलाउदा शिक्षा उपयोगी र परिणाममुखी परिवर्तनकारी हुने बताउनु भयो।

बिशिस्ट अतिथी युवा उद्यमी कोइरालाले लगानी र संम्भावनाको अवसरलाई पहिचानको साथ सानो लगानीमा ग्रामीण क्षेत्रमा उद्यमको संम्भावनाको अवसरको उदाहरण दिदौ उद्यमशिल बन्न प्रेरीत गर्नु भएको थियो। साथै बिद्यार्थी राजनीतिमा यो कार्यक्रमले यथास्थिति परम्परागत शैली भन्दा पृथक बन्दै राजनीतिको उद्यमशिल (political entrepreneur) अध्याय थालनी गरेकोमा नेविसंघलाई बधाई संगै शुभकामना दिनु भएको थियो।

नेविसंघ पृथ्वीनारायण क्याम्पसका सचिव शिवराम पौडेल (जुपिटर)ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम नेविसंघ पि.एन.क्याम्पस व्यवस्थापन संकाय उपसभापति अजित क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।

बिशिस्ट अतिथी युवा उद्यमी मिलन थापाले "सुरुवातमा लगानी सानो पुँजिबाट गर्न सुझाबको साथ सरकारले ल्याएका उद्यमशिलताको अवसरहरु प्रष्ट पार्दै परिवारवादले महिलालाई थपेको चुनौती बिच आफ्नो अनुभवबाट उद्यमी बन्ने थुप्रै अवसरको प्रस्ट पार्दै बिद्यार्थीलाई उद्यमशिल बन्न प्रेरणा दिनुभएको थियो।

अर्को बिशिस्ट अतिथी युवा उद्यमी टीका कुमारी गुरुङले आफ्नो उद्यमशिलताको अनुभव सुनाउदै लर्निङ्ग उइथ अर्निङ्ग गर्न आग्रहको साथ कुनै क्षेत्रमा त्यसको अनुभव लिईसकेपछी आफ्नो दक्षता बिकास गर्दै त्यस अनुभवलाई व्यवसायीक यात्रामा उद्यमी क्षेत्रमा अगाडि बढ्न सुझाव दिनुभयो।

नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति एवंम कार्यक्रमका विशेष अतिथी गौरब बरालले बिद्यार्थी राजनीतिको औचित्यता र सान्दर्भिकता धरासयी बन्यो भन्ने आम बुजाईलाई चिरेको बताउदै सामान्य ग्रामीण क्षेत्रबाट आउने बिद्यार्थीलाई उद्यमशिलताको बिकास र सोचमा नयाँ आयाम थप्न मद्धत गरेको बताउनु भयो। आगामी दिनमा यस्तै सृजनशिल र उपयोगी कार्यक्रम गर्न आग्रह गर्नु भएको थियो।

कार्यक्रमको अतिथिको रुपमा नेविसंघ पृथ्वीनारायण क्याम्पस उपसभापति द्वय  मोहमद अमर अलि ,ओमकार सुवेदी, सञ्जिता आचार्य, इकाई सचिव राज आचार्य, इकाई कोषाध्यक्ष सुजि मगर, नेविसंघ पृ.ना.क्याम्पस अध्य्यन तथा अनुसन्धान बिभाग सभापति रसिस भण्डारी , नेविसंघ पृथ्वीनारायण क्याम्पस मानविकी सभापति पर्लाद अधिकारी, नेविसंघ कानुन समन्वयन समितिका सभापति दीपिका पराजुली , नेविसंघ कानुन समन्वयन समितिका निवर्तमान सभापति राजेन्द्र पराजुली तथा नेविसंघ पृथ्वीनारायण क्याम्पसमा सहसचिव सन्तोष अधिकारी,खगेश चन्द, बिवेक तिमिल्सिना,  बिद्यार्थी नेता द्वय भावना पौडेल, संस्कार कोइराला, अजित क्षेत्री, प्रतिभा अधिकारी, बिवेक भट्टराई, प्रयास कोइराला, रिसिकेश चालिसे,  कृष्ण पौडेल हुनुभएको थियो।

"हामिले विश्वविद्यालयमा सिकेको ज्ञान व्यवाहरीकतामा ल्याउने आजको चुनौतिलाई मध्यनजर गर्दै  देशले भोगिरहेको आयातमुखी अर्थतन्त्रमा घट्दो डलर सञ्चितिको समस्याले निम्ताएको क्यापिटल क्रन्च (पुजिको संकट) समस्यालाई उद्यमशिलताको बिकास र बिस्तारले नै उत्पादकत्व सृजना गर्दछ र रेभिन्यु जेनेरेट गर्न हुनाले विश्वविद्यालयमा पढाईको गुणस्तर र सरकारी पोलिसी उद्यम मैत्री हुनुपर्छ । आजको कार्यक्रमले उद्यमशिलताको सम्भावना र महत्वले सहभागी साथिहरुको चिन्तनमा नयाँ आयाम थपेको अनुभुति गरेको छु। "  कार्यक्रमका सभापति विवेक पराजुली बताए।


कार्यक्रममा उद्यमशिलता के हो ? यो पढ्ने कुरा हो कि सिक्ने विषय हो ? विश्वविद्यालयको जनशक्ती फिल्डमा उत्रेर काम गर्न नसक्ने, नयाँ ठाउमा फेस गर्न नसक्ने बुखैचा जनशक्ति किन उत्पादन हुदैछ ? कहिले सम्म विश्वविद्यालय बेरोजगार उत्पादन गर्न कार्खाना बनिरहने ?, उद्यमी बन्न के पुजीको आवस्यक पर्न हो अथवा फेरी किन सबै पुँजिपतिहरु सफल उद्यमी बन्न सकिरहेका छैनन् ? उद्यम गर्न के चाहिन्छ ? परिवारवाद बाट माथी उठेर महिला उद्यमी कसरी बन्ने ? त्यसका चुनौतिहरु केके छ्न ? पढाइ पास हुन को लागि मात्र , जागीर खानको लागि मात्र कि ? उध्यमको लागि पनि ? शिक्षा प्रणालीमा उद्यमशिलता नजोडिनु अहिलेको समस्या हो ? यो बेमेल कसरी हटाउने ? महिला ससक्तिकरणको लागि पढाईको महत्व कति ? के पढाइ मात्र सबथोक हो कि ? विश्वविद्यालय बाट सर्टिफिकेट लिएर निस्किदै गर्दा अरु ज्ञान सीप पनि आवस्यकता छ ? जस्ता गम्भीर प्रशनको सवाल जवाफ बाट सहभागी बिद्यार्थीलाई उद्यमीको अनुभव संगै प्रोफेसरको उत्तरको अन्तर्क्रीयात्मक संवाद बाट बहुउपयोगी र व्यवाहारीक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रम एकदमै प्रोडक्टिभ र इफेक्टिभ भएको छ।बिश्वविधालय बाट उत्पादन बनेको जनशक्तिको चित्रण देखि त्यसको बिकल्प सहित उद्यमशिलताको बिकासले खोल्ने सम्भावना र अवसरका ढोका सम्म यसको महत्व प्रष्ट पारेको छ।  " कार्यक्रममा सहभागी बिद्यार्थीले बताएका छ्न।

कार्यक्रममा व्यवसायीक एवंम उद्यमशिल क्षेत्रमा अगाडि बढेका बिद्यार्थी नेता ड्रागन मार्ट, बि.एस.बी वाईन सपका सञ्चालक शिवराम पौडेल (जुपिटर) र के.एस राईस मिल का संस्थापक बिद्यार्थी नेता रसिस भण्डारीलाई सम्मान गर्दै युवा विधार्थिलाई उद्यमशिल क्षेत्रमा अगाडि बड्न प्रेरणा दिएको थियो।

Post a Comment

0 Comments