Time

Ticker

6/recent/ticker-posts

`बुककपी´ गाता भित्रको भावनाको गाथा ~ जुपिटर

चैत्र १९ बिहिवार ०७७, पोखरा 



"हेर न त्यो सँग बुक कपि छ " तिन कक्षामा पढ्थे म, रमेसले मलाई राजन तिर औंला देखाउँदै भन्यो । उ बेला बुक कपि भनेपछि हिरिक्कै  हुने समय थियो, जस्तो कि अहिले ल्याप्टप मोबाईल छ्न । मैले मुन्टो तेसार्दै राजनको हातमा आँखा लगाए उस्ले नयाँ किनेको रैछ, उस्का बा शिक्षक थिए क्यारे । हरियो गाता माथि उडेको गिद्दले मेरा सपना पनि उसैगरि उडाईरहेको हुन्थ्यो ।
 सपनाको संसारमा रमाउँदा जो कोहिलाई आनन्द आउँछ मलाई पनि उत्तिकै आनन्द लाग्यो यो कपि किनेको सपनामा रमाउँदा । मेरा बा किसान थिए बल्ल तल्ल स्कुल सम्म भर्ना गर्दिए । स्कुलको पोसाक सिलाउन औकात हराएपछि शिक्षकका गालि रुपि शब्द मेरा लागि कुनै नया कुरा थिएनन्। यति कुराले कहिले लाठि प्रहार हुन्थ्यो कति पटक कुखुरो त्यतिले मात्र कहाँ सुख थियो र सबै साथिले जिस्काईरहान्थे " आज पनि शिबे कुखुरो बन्यो रे " भन्दै । 

आफु लङगडो भएपछि अरु हाँस्छ्न भनेर हिड्न छाडेर न हुने रैछ सके जति पाईला अघि बढाउने प्रयास जारि राख्नु पर्ने रैछ । यस्तै थियो बुक कपिको सपना पनि यो मात्र कपि थिएन मलाई झलझली याद आउँछ, राजनले बुक कपि सकिएकै दिन , थुम्कुलि डाँडामा पुगेर नचरि लगाउँदै गाता उडाउँथ्यो म त्यहि हेरेर रमाउन पन्ध्र मिनेट को उकालो बाटो स्याँ स्याँ गर्दै त्यहि पुग्थे खालि खुट्टामा । उस्ले उडाएर रमाउँथ्यो अनि मैले हेरेर, रमाउने आधार पनि आफ्नो औकात सँगै अर्थ राख्ने रैछ्न । हावाले गातो मात्रै उडाएर लग्दैनथ्यो म भित्रको चाहाना पनि उडाएर लान्थ्यो तर पनि म रमाउँथे । त्यसरि रमाउँथे जसरि एउटा उँट मरुभुमिमा पानीको तलाउ केहि पर आउँछ भनेर रमाएको होस । कपि सपना मै सिमित भएपनि कपि भित्र लेखिने अक्षर एउटै हुने रहेछ्न क्यारे, गुरुले चकले लेखिएका अक्षरहरु राजने ले जस्तो लेख्थ्यो मेरो पनि उस्तै प्रकृति को हुन्थ्यो । ... क्रमश:

Post a Comment

0 Comments