Time

Ticker

6/recent/ticker-posts

विद्यार्थीलाई कोभिड विरुद्धको खोप माग गर्दै क्याम्पस क्याम्पसमा प्रदर्शन गर्यो नेविसंघ कास्की

फाल्गुन ७, बुधबार ०७७, पोखरा।
कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ कास्किले जिल्लाका विभिन्न क्याम्पसममा ब्यानर टांगदै  प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको हो ।

फाल्गुन ७ प्रजातन्त्र दिवशको अवसरमा पोखरा १ बगर स्थित पृथ्वीनारायण क्याम्पसबाट नेविसंघ पुर्व महामन्त्री महादेव गुरुङ्गको अतिथ्यबाट प्रराम्भ गरिएको उक्त अभियानमा नेविसंघ नेता गोपाल गुरुङ्ग, नशिब गुरुङ्ग, फिरोज सुवेदी, प्रताप बानिया, सुबास भण्डारी, रेशम हमाल, गौरव बराल, दिपक गौतम, बिजय घिमिरे, प्रकाश पुन, सुमिर गुरुङ, निर्दोष बिक्रम पौडेल, सञ्जय आले, संस्कार कोइराला, राज आचार्य, राजेन्द्र पराजुली, प्रकट खनाल, सुजि मगर, शिभम शाह, शुशान क्षेत्री, शिबिर श्रेष्ठ,निकेश बराल लगाएत अन्य नेतृत्व र बिद्यार्थीहरुको सहभागितामा कास्कीको विभिन्न क्याम्पसहरुमा गएर प्रदशन गर्दै विधार्थिको स्वस्थ्य सुरक्षात्मक अधिकार सुनिश्चितताको माग गरेका हुन।  

नेविसंघ केन्द्रिय कार्यसमितिले गरेको उक्त अभियानलाई निरन्तरता दिदै सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन समेत  गर्ने नेविसंघ कास्कीका नेता प्रताप बानियाँले बताए । विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको बानियाले बताए ।

‘नेपाल विद्यार्थी सङ्घको सरोकार, विद्यार्थीलाई कोभिड १९ भ्याक्सिनको पहिलो अधिकार’ भन्ने नारा सहितको ब्यानर क्याम्पस क्याम्पसमा टांग्दै प्रदर्शनमा उत्रेका उनीहरूले विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ्न।

Post a Comment

0 Comments