Time

Ticker

6/recent/ticker-posts

बिए.एल.एलबी प्रवेश परिक्षा तयारी पुस्तक बितरण गर्यो ~ नेविसंघ पृथ्वीनारायण क्याम्पस

फाल्गुन १२ बुधबार ०७७, पोखरा 


नेपाल बिद्यार्थी संघ (नेबिसंघ) पृथ्वीनारायण क्याम्पसले नजिकिदै आएको बिए.एल.एलबीको प्रवेश परिक्षाको लागि तयारी पुस्तक बिमोचन गरेको छ।

नेविसंघ पृथ्वीनारायण क्याम्पस बिएएलएलबी फ्याकल्टिले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन नेविसंघ पृथ्वीनारायण क्याम्पस नेता जोशन श्रेष्ठले गरेका थिए।

पुस्तक बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेस नेत्तृ तथा काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभाग केन्द्रीय सदस्य सरस्वती गुरुङ, विशिष्ट अतिथी उच्च बारका उपाध्यक्ष अधिवक्ता दिपक राज पौडेल, रुपा गाउपालिका उपमेयर प्रत्यासी महिला नेत्री गिमाया गुरुङ, नेविसंघ पुर्व केन्द्रिय सदस्य गोपाल गुरुङ्ग, नेविसंघ पृथ्वीनारायण क्याम्पस सभापति दिपक वाग्ले,  ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समुन्व्य समितीका पुर्व सभापति आशिष न्यौपाने, स्वरुप सरकार, प्रवेश परीक्षा तयारी कक्षा सम्योजक खगेश चन्द, विद्यार्थी नेता सतिश बस्तोला, सागर सापकोटा (भाइरस), सञ्जय आले मगर (लोवसन), शुशान्त आचार्य, सुर्यदेव लामिछने, हरि अधिकारी, बिकास अधिकारी, निशान्त ढकाल, सौरब चापागाइ, गौरब बराल, रसिस भण्डारी नेतृ भूमिका श्रेष्ठ, सुजी हितान मगर, भावना पौडेल, सन्तोष अधिकारी, अपेक्षा गौतम , बिधान अधिकारी  लगाएत बिए.एल.एलबी प्रवेश परिक्षा तयारी गरिरहेका बिद्यार्थीको उपस्थिती रहेको थियो।

नेविसंघ पृथ्वीनारायण क्याम्पस बिए.एल.एलबी सभापति राजेन्द्र पराजुलीले "कार्यक्रम भव्य र सब्य रुपमा समापन गर्न प्रत्यक्ष, पोरक्षरुपमा सहभागी सहयोगी व्यक्तित्व, सम्पुर्ण बिद्यार्थी, उपस्थित अतिथिलाई धन्यवाद व्यक्त गर्दै परिक्षाको तयारीरत बिद्यार्थीहरुलाई सुभकामना व्यक्त गरेका छ्न।"


कार्यक्रममा स्वर्गीय विद्यार्थी सौगात पौडेल र प्रजातन्त्रकालागि बिरगती प्राप्त गरेका सहिदहरुप्रती सम्मान र मौन प्रथाना गरेर कार्यकमको सुरुवात गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी महिला नेत्री गुरुङले देशमा कानून शिक्षाको महत्त्व रहेको र देशलाई बिकासको बाटो डोराउने महान वक्तिहरु पनि कानून विद्यार्थीहरु रहेको भन्दै कानूनप्रती उच्च सम्मान गर्नुभएको थियो।


"नेेेेविसंघ पृथ्वीनारायण क्याम्पस बिए.एल.एल.बीले गत  वर्ष पनि गरिएको पुस्तक बिमोचन कार्यक्रम यश वर्ष पनि निरन्तरता दिएको बताउदै नेविसंघ सदैब सृजनशिलता र रचनात्मक अभियान आफ्नो उत्तरदायित्व बाट बिचलित छैन।" नेबिसंघ पृथ्वीनारायण क्याम्पस नेता गौरव बरालले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयले सन्चालन गर्ने कानून सन्कयको बि.ए.एल.एल.बि प्रवेश परीक्षा तयारीको लागि उक्त पुस्तकले महत्त्वपूर्ण सहयोग गर्ने हुँदा उक्त पुस्तक समितीद्वारा निशुल्क बितरण गरिएको हो । ने.बि.संघ पृथ्वीनारायण क्याम्पस कानून समुन्व्य समितीले बिगत दुई महिना अघि निशुल्क रुपमा तयारी कक्षा समेत सन्चालन गर्दै आइ रहेको छ ।

Post a Comment

0 Comments