Time

Ticker

6/recent/ticker-posts

गलत ट्रायक बाट गलत नजिरले आएको निर्वाचनले देशलाई निकास दिन सक्दैन ~ धुर्वराज अधिकारी

माघ ०८, बिहिवार ०७७, पोखरा 
 नेपाली काङ्ग्रेस पोखरा महानगरपालिका वडा नं ३१ का  सभापति धुर्वराज अधिकारीले यो संविधानको निर्माता काङ्ग्रेस संविधानको रक्षा गर्नको लागि सडकमा उत्रीएको बताएका छ्न। 

नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुसार संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएको भन्दै देशको सम्पुर्ण वडामा भएको विरोध सभा अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३१ मोहोरीया टोलमा आयोजित बिरोध सभामा बोल्दै "यो समयमा धेरै प्रश्न छ्न काङ्ग्रेस बिरोधमा किन छ ? यो त काङ्ग्रेसको लागि अवसर हो, धेरै साथिहरुले भनेको सुनेको छु।  यो बेलामा काङ्ग्रेस निर्वाचनमा गयो भने काङ्ग्रेसले निर्वाचन पनि जित्छ सबै भन्दा ठूलो पार्टी पनि बन्छ, तर गलत ट्रायक बाट गएको निर्वाचनमा स्पष्ट बहुमत पनि प्राप्त गर्न सक्दैन र कुनै अमुक सानो दल संग सहमतिको आधारमा सरकार बनाउनुपर्न हुन्छ।" जसले गलत ट्रायक बाट गलत नजिरले आएको निर्वाचनले देश अस्तिरता र अन्योलको चक्रव्युमा रुमलिने स्पष्ट पारेका छ्न। 

प्रखर वक्ता एवंम उदयमान नेतृत्वको रुपमा गनिने अधिकारीले व्याङ्ग्यात्ममक शैलिमा प्रश्न गर्दै 
"मैले सुनेको छु कम्निषटका साथिहरुले गिरिजा बाबुले पनि संसद विघटन गर्नु भयो ? त्यो छुट ओलि लाई पनि छ। के कम्निष्टका नौजवान साथिहरुलाई अध्यनको कमि भएको हो त ?   गिरिजा बाबुले ०४७ को संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार दियो त्यही संविधानको जगलाई टेकेर गिरिजाबाबुले संसद विघटन गर्नु भयो के आज ०७२को संविधानले प्रधानमन्त्रीलाई त्यो विशेषाधिकारको छुट छ ?" प्रश्न उठाएका छ्न।

उक्त विरोध कार्यक्रमको सभापतित्व गरेका अधिकारीले ट्रायक भन्दा बाहिर गएको ओलिलाई नथ्थी लाएर ट्रायकमा ल्याएर ६ महिना पछि हुन्छ या वर्षदिन पछि निर्वाचन हुन्छ बल्ल  काङ्ग्रेस निर्वाचनमा जान्छ यो संविधानको निर्माता काङ्ग्रेस यो संविधानको रक्षा गर्छ र निर्वाचनमा जान्छ। काङ्ग्रेस यो आन्दोलनमा किन छ भन्ने धेरै कुरा होइन यो संविधानको रक्षाको लागि नेपाली काङ्ग्रेस सडकमा आएको स्पष्ट पारेका थिए।

प्रखर वक्ता एवंम उदयमान युवा नेताको रुपमा गनिने अधिकारी जनप्रीय बहुमुखी क्याम्पस स्वतन्त्र विधार्थी युनियन पुर्व सचीव एवंम नेविसंघ कास्कीका प्रभावशाली नेता समेत हुन।

Post a Comment

0 Comments