Time

Ticker

6/recent/ticker-posts

तनहुँमा रामचन्द्र पौडेल माथीको दुव्र्यवहार बिरुद्ध नेविसंघ पोविको बिरोध प्रदशन

१७ कात्तिक बुधबार  २०७७, पोखरा 
तनहुँमा नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल माथि अत्यधिक बल प्रयोग गरी पक्राउ गरेको विरोधमा साँझ ६ बजे नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयले लेखनाथमा विरोध प्रदर्शन गरेको छ।    

 नेविसंघ कास्कीका प्रभावसाली नेता प्रताप बानियाँले "जन्मदिनको केक काटेर  लिपुलेक लिम्पियाधुरा कालापानीको चिरा पारेको सरकारले लोकतन्त्रको पहरेदारलाई पक्रेर र लुटतन्त्रको खातिरदारिमा सर्वसत्तावादी चरित्रले अगाडि बडेको बताए।"
 

 "सत्ता र सक्तिको अहंकार संगै भ्रष्टाचारको एक नम्बरी तक्मा पाएको ओलि सरकारले लोकतन्त्रका योद्धा माथी गरिएको नियोजित गिरफ्तारीले सरकार पतनको बाटो रोजेको बताउदै भोलि नेपाल तरुणदल कास्किले आह्वान गरेको बिरोध कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछु।" तरुण कास्किका नेता सुबास भण्डारीले बिरोध क्रार्यक्रममा बताए।

नेविसंघ पोखरा विश्वविद्यालयका सचीव रमेश चन्द्र जोशिले सञ्चालन गरेको उक्त बिरोध सभामा  नेविसंघ कास्कीका  नेता प्रताप बानिया, तरुण दलका नेताद्वय प्रकाश पुन र सुबास भण्डारी, नेविसंघ कास्की क्षेत्र नं १ निवर्तमान सभापति सुमिर जङ्ग गुरुङ्ग, नेविसंघ पोखरा विश्वविद्यालय उपसभापति दिपेन्द्र गौतम लगायतको उपस्थिति थियो।
 
कोरोना कहरको पिडामा पिल्सिएका जनताको अगाडि  सत्ताको कपुतन्त्रको प्रदाफास एम्नेष्ट्री इन्टरनेशनलले गरेको बताउदै स्वयत्त संस्थाहरु खल्तिमा राखेरा प्रहरी प्रशासनलाई सत्ताको तावेदारी गर्न लगाई गरिएको गिरफ्तार लोकतन्त्रमा लज्जास्पद रहेको छ। लुटतन्त्रको रवैयाको विरुद्ध, गिरफ्तार गरिएका वरिष्ठ नेता रामचन्द्र पौडेल माथी गरिएको ज्यादतीको भत्सना गर्दै तत्काल रिहा नभए चरणवद्द आन्दोलनको घोषणा गर्ने बताउदै उक्त सभाको समापन नेविसंघ पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदिले गरेका थिए।
 
पुल उद्घाटनको विषयमा निषेधाज्ञा ताोडेको आरोपमा नेता पौडेललाई तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट प्रहरीले पक्राउ गरेको हो। नेविसंघ केन्द्रिय कार्यसमिति र नेपाल तरुणदल केन्द्रिय कार्यसमितिले दिएको निर्देशन अनुशार देशको विभिन्न भुभागमा बिरोध प्रदशन भएको हो।

Post a Comment

0 Comments