मंसिर २८ आइतबार, ०७७ पोखरा
नेपाली काङ्ग्रेस सरकारको प्रमुख प्रतिपक्षीय दलले सरकार सर्वसत्तावाद उन्मुख भएक भन्दै मंसिर २९ गते बृहत् विरोध सभा आयोजना गरेको छ। बिरोध प्रदशन प्रभावकारी बनाउन पार्टीले आफ्नो भातृ संगठन परिचालन गरेको छ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंसिर २९ गतेको सरकारविरुद्धको देशव्यापी विरोध प्रदर्शनका लागि आफ्ना केन्द्रीय पदाधिकारीहरुलाई सात वटै प्रदेशमा खटाएको छ ।
मंसिर २९ को कार्यक्रमलाई सशक्त पार्नका लागि नेविसंघले मंसिर २७ गते शनिबार अगुवा कार्यकर्ता भेला पश्चात मंसिर २८ गते आइतबार देशका सबै प्रमुख शहरहरुमा अपरान्ह ४ बजे प्रचारात्मक सिठ्ठी जुलुस देशव्यापी प्रदर्शन नेविसंघका नेता तथा कार्यकर्ताहरु निकै उत्साहित भएर कार्यक्रमको तयारीमा उत्साहजनक उपस्थिती रहेको नेविसंघ महमन्त्री भट्टराईले जानकारी दिए ।
ओली नेतृत्वको सरकारले देखाएको अकर्मण्यता, कोरोना संक्रमित जनताको जीवनरक्षामा देखाएको उदासिनता, कोरोनाको नाममा भएको भ्रष्टाचार र कमिशनखोरी, सरकारी दमन, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि भएको सरकारको गुण्डागर्दी तथा सरकारको सर्वसत्तावाद उन्मुख गतिविधि विरुद्ध नेपाली कांग्रेसद्धारा यही मंसिर २९ गते आयोजित देशव्यापी विरोध प्रदर्शनलाई व्यापक जनसहभागीताका साथ सफल पार्न भनी देशभर नेताहरु खटाएको नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संघको हाइकमाण्डमा रहेका सबै नेताहरुलाई विभिन्न स्थानको विरोध प्रदर्शनका लागि परिचालन गरिएको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए । नेविसंघका नेता तथा कार्यकर्ताहरु निकै उत्साहित भएर कार्यक्रमको तयारीमा जुटेको उनले बताए ।
0 Comments