पोखरा, कात्तिक ०३। रोशन ढकाल
विश्वभर महामारी रूपमा फैलिएको ?कोभिड- १९ भाइरस को कारणले आज विश्व उम्कन सकेको छैन। यसको औषधि पत्ता लगाएको भनिए पनि दिनहुदिन संक्रमितको अवस्था नाजुक हुँदै अकालमा मर्नु परेको कुरा हामी सबैलाई आबगत् नै छ। यसबाट सम्पूर्ण जनताहरू आक्रान्त भएका छन्। विभिन्न सरोकारवालाहरु जनताको स्वास्थ्यमा गम्भीर नभए कुनैपनि राष्ट्र लाई ठुलो क्षति हुने कुरा यस महामारीले ध्यानाकर्षण गराएको छ। हाम्रो देशमा हालको अवस्था हेर्दा कोभिड-१९ ले महामारीको चरम रूप लिने संकेत दिरहेको छ।
विभिन्न क्षेत्रमा पछिल्लो समयमा नेपाल सरकारले निकैनै अलोकप्रियता बटुल्दै आइरहेको देख्न सकिन्छ। यसको प्रमुख शिकार विद्यार्थीहरू परेका छन्। यसको पक्षिल्लो उदाहरण आज मात्रै सरकारद्वार कक्षा १२ को परीक्षा मंसिरमा गर्न गरिएको निर्णय हो। लामो समयबाट पठन पाठन ठप्प छ, सरकारले भने परीक्षा परीक्षा भन्दै त्रास पैदा गर्दै विद्यार्थीको स्वास्थ्य एबं मनोविज्ञान माथि ठूलो प्रहार गर्दै लापरवाही गर्न लाएको देख्न सकिन्छ।
हालै विभिन्न समाचार/ पत्रपत्रिका/ मीडिया मार्फत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा यही मङ्सिर दोश्रो साताबाट सञ्चालन गर्ने समाचार प्रकाशित भएको देख्न सकिन्छ। यो निकैनै संवेदनशील विषय हो।
विद्यार्थीको स्वास्थ्य जाँच नगरी, स्वास्थ्य बीमा नगरी, केवल सामान्य सावधानी अपनाएर मात्रै परीक्षा सञ्चालन गर्ने कुरा निकैनै खेदपूर्ण रहेको छ। यदि यस्तो समयमा देशका भविष्यका कर्णधार माथि लापरवाही गर्ने हो भने यसको क्षति कसैले पनि कुनै पनि मूल्यमा चुकाउन सक्ने छैन। विद्यार्थी हरुलाई यो महामारीको बेला समय समय मा सरकारले दिएको अभिव्यक्ति ले विद्यार्थीहरूको मनोविज्ञानमा थप त्रास पैदा गरेको हुन्छ। सरकारले विद्यार्थीको स्वास्थ्य सम्बन्धी कुराहरुमा लापरवाह गरेको कुरा मध्यनजर गर्दै केही समय आगाडी विद्यार्थीको मर्म विपरीत काम गरेको भन्दै हामी विद्यार्थीहरू सडकमा उत्रेपछि सरकारले परीक्षा तत्काल स्थगित पनि गरेको थियो। त्यस समयमा कोरोना को संख्या र अहिलेको संक्रमितको संख्या हेर्दा आकाश पातालको फरक देखिन्छ। यस समयमा कोभिड-१९ को झन ठूलो मात्रामा संक्रमण बढिरहेको देख्न सकिन्छ। यदि यस्तो बेलामा परीक्षा सञ्चालन भए कोभिड-१९ संक्रमणको मुख्य स्रोत कक्षा १२ का विद्यार्थीहरू हुने दिन नआउला भन्न सकिन्न।
यदि कक्षा १२ को परिक्षा संञ्चालन गर्न हो भने सम्पुर्ण विधार्थिको पिसिआर टेष्ट सुनिश्चित गरियोस् होइनभने सर्बोच्च अदालतको आदेशको अबज्ञ गर्दै बिरामीको उपचार पनि नगर्न गैरजिम्मेवार सत्ताले भविष्यका कणधार विधार्थी माथी कोरोना संक्रमण जोखिम र असुरक्षाको काडेतार नलगाईयोस।
विद्यार्थी लाई यस्तो समयमा कोभिड संक्रमण भए केवल एक विद्यार्थीलाई मात्र नभई उसको आफ्नो साथीहरु, अभिभावक, छर छिमेक र समाजमै कोरोना फैलिई झन जटिल समस्या आउने निश्चित छ। यसरी लामो समयबाट पठन पाठन समेत ठप्प हुन पुगेको बेला सरकारले विद्यार्थीको मर्म विपरीत परीक्षा सञ्चालन गरेमा कतिपय साना ठूला घटना समेत घट्न सक्ने कुरा प्रबल देखिन्छ। सरकारको यस कदम निकैनै घातक रहेको र यसले निम्त्याउने क्षति लाई मध्यनजर गरी हाल परीक्षा स्थगित गराई स्वस्थ्य सुरक्षा तर्फ ध्यान दिन हामी सम्पूर्ण कक्षा १२ का विद्यार्थीहरू विनम्र अनुरोध गर्दछौं। यसैबीच संसार भरका केही मुलुकहरू कोरोना संक्रमितहरुको संख्या कम हुँदै जाँदा पनि स्वस्थ्य सुरक्षाका निम्ति नै खटिएको बेला हाम्रो मुलुकमा भने स्वास्थ्य मापदण्ड प्रति नेपाल सरकार गम्भीर नरहेको
भन्दै देश विदेशमा चर्को आलोचना भइरहेको छ। यदि नेपाल सरकारले विद्यार्थीलाई यसरीनै कोरोना को सिकार बनाउन खोजे शान्ति क्षेत्र का मानिने विद्यार्थीहरू सडकमा उत्रिएर सरकारको कदम विरुद्ध सडकदेखि सदनसम्म आन्दोलनको आधिबेरी सृजना गर्न पुगे भने ठूलो दुर्घटना घट्न सक्ने कुरा अवगत गराउँदछौं।
(जनप्रीय बहुमुखी क्याम्पस +२ अध्यन्नरत लेखक ढकाल नेविसंघ निकट विधार्थि नेता हुन।)
0 Comments