माघ १२ सोमबार ०७७, पोखरा
छोम्रोङ्गको सम्झनामा
छोम्रोङ्ग मुटु भन्दा प्यारो ठाँउ ।
छोम्रोङ्ग स्वर्ग भन्दा प्यारो गाँउ ।
हर क्षण सम्झन्छु ।
हरक्षण कल्पन्छु ।
किनकी
सम्झे मात्र पनि शितलता छाउछ ।
कल्पनामा पनि आनन्द आँउछ ।
सिंचेङेमा सपनिमा
टेक्न थालेको छु ।
छुरूप छहरा , ताउजी बराह
देख्न थालेको छु ।
रोधी र धुरूमा गाको सम्झन्छु ।
वेले लिम पाकों खाको सम्झन्छु ।
आहा !
अनुपम आथित्यता
अपार आत्मियता
त्यसैले फेरि
झिनु , दउलु, रोमे , घुर्जुङ्ग
अनि किम्रोङ्ग खोला
सेल्भू, तिल्चे, भनुवामा
कहिले पुग्ने होला ?
मन यता छ तन त्यतै छ
त्यसैले,
हिजो जस्तो न्यानो माया आज पाउदैछु
मेरो प्यारो छोम्रोङ्ग गाँउ छिट्टै आँउदैछु ।
(लेखक पौडेल होमस्टे एसोसिएसन गण्डकी प्रदेसका अध्यक्ष हुन।)
लेखक बाट थप :
0 Comments