Time

Ticker

6/recent/ticker-posts

विभिन्न माग राख्दै पृथ्वीनारायण क्याम्पस प्रशासनलाई नेविसंघको ध्यानाकर्षण


पोखरा । नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिले विभिन्न मागहरु राख्दै पृथ्वीनारायण क्याम्पस प्रसाशनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार नेविसंघले क्याम्पस प्रशासनमा बुझाएको ध्यानाकर्षण पत्रमा कोरोना संक्रमणको बढ्दो लहर र उत्पन्न नयाँ भेरीयन्टले थपेको स्वास्थ्य जोखिमलाई गम्भीरतापूर्वक लिंदै क्याम्पसका गतिविधिहरु आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र गर्न र यथाशिघ्र आम विद्यार्थीहरुलाई कोरोना विरुद्धको भ्याक्सिनको पहल गर्न माग गरिएको छ ।

प्रविधि मैत्री एवम् विद्यार्थीमैत्री प्रशासनको सुनिश्चितता गर्दै प्रशासनको ढिलासुस्ती एवम् कोरोना कहरको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न विकल्प खोज्न र अझ त्यसमाथि डिजिटल विकल्प रोज्न माग गरिएको नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिका सभापति गौरब बरालले बताए । ‘यथाशिघ्र महंगो ईन्टरनेट शुल्क तिरेर अनलाइनमा उपस्थित विद्यार्थीहरु आंशिक शिक्षकहरुको हडताल, पुर्णकालिन शिक्षकहरुद्वारा पनि तालिकाअनुसार कक्षा सञ्चालन नहुने समस्याको दीर्घकालीन समाधान र विकल्प खोज्न क्याम्पस प्रशाससनको ध्यानाकर्षण गराएका छौं’, बरालले भने ।

नेविसंघले आफ्नो सम्पर्क कार्यालय भवन क्षतिग्रस्त र जीर्ण भएको भन्दै पुनर्निर्माण वा वैकल्पिक व्यवस्था गर्न र बीपी पार्कको लागि यथाशिघ्र जग्गा उपलब्ध गराउन पनि माग गरेको छ । साथै, विद्यार्थीहलाई अनलाइन माध्यमबाट कक्षा लिनका लागि शैक्षिक डाटा प्याकेजहरु उपलब्ध गराउन नेविसंघले माग गरेको छ । परीक्षा शिक्षण सिकाइको अभिन्न पाटो भएको भन्दै परीक्षा पश्चात विद्यार्थीले आफ्ना कमिकमजोरीहरु सुधार्ने अवसर पाउने हुनाले परिस्थितिको प्रतिकुलतालाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट आन्तरिक परीक्षाको व्यवस्था गर्न नेविसंघले माग गरेको सभापति बरालले बताए ।

Post a Comment

0 Comments