फाल्गुन १९ बुधबार ०७७, पोखरा
नमस्कार !
म भाटभटेनी सुपरमार्केट पोखरा को नियमित ग्राहक हु।
आजभोलि त्यहाँ सामान किने पछि पाँच रुपैयाँ भन्दा तल फिर्ता दिनु पर्यो भने पैसाको सट्टा मिठाई दिइन्छ।
मिठाई कहिले १ रुपैयाँको एउटा आउने खालको दिइन्छ त कहिले १ रुपैयाँको दुईटा आउने खालको र १ रुपैयाँको दुईटा आउने खालको दिदा पनि १ रुपैयाँको एउटा मात्र दिइन्छ।
हामीले मिठाईको सट्टा पैसा नै दिनुस् भन्दा exchange छैन भन्ने र नराम्रो व्यवहार गरियो।
मलाई तेहाको cashier ले येति सम्म भन्नू भयो कि " आफै खुजुरा लियेर आउनुस !" र आफ्नो कुरा राख्दा झगडा गर्न निहु खोजेको भन्नुभयो।
म भन्दा अगाडि को ग्राहकले पनि पैसा माग्नु भयेको थियो तर उहाँले छैन भन्नुभयो।
तेत्रो भाटभटेनी सुपरमार्केट जस्तो ठुलो स्टोर मा जादा र मैले Rs.146 को समान किन्दा, Rs.150 भन्दा कति खुजुरा लियेर जाने? तेहि पनि भाटभटेनी सुपरमार्केटले हामी सङ exchange छैन सामान किन्ने भये खुजुरा पैसा लियेर आउनुस् भनोस, हामी खुजुरा लियेर जान्छौ वा खुजुरा छैन भने अर्कै बिकल्प खोज्छौ ।
के भाटभटेनी सुपरमार्केटले ग्राहकलाइ तपाई आफै खुजुरा लियेर आउनुस नत्र म मेरो जबर्जस्ति सामान बिकाउछु in exchange of coins भन्न मिल्छ ?
यो एक दुई दिन को कुरा होइन। लकडाउन पछि समान किन्न जाने मानिसहरुलाई भाटभटेनी सुपरमार्केटले, उनिहरुले मिठाई लिन नमान्दा पनि जबर्जस्ति मिठाई बेच्ने काम गरिरहेको छ।
यो मैले मात्र भोगेको समस्या होइन। धेरै ग्राहकले यो समस्या भोगिरहनु भयेको छ। कसैले १ २ रुपैयाँ त हो भनेर चुपचाप मिठाई स्वीकार गर्नुहुन्छ भने कसैले मिठाईको सट्टा exchange पैसा नै माग्नुहुन्छ र पैसा को सट्टा पैसा नै माग्ने ग्राहक मध्य म एक हु।
यदि exchange को सट्टा मिठाई दिने system ग्राहक र भाटभटेनी सुपरमार्केट को समझदारीमा हुन्छ भने ठिक छ। तर येदि ग्राहकले पैसा नै माग्छ भने उसलाई पैसा उपलब्ध गराउनु भाटभटेनी को दायित्व होईन?
#मिठाई_पैसा_होइन।
#stop_giving_candy_instead_of_coin
अनुरोधक: सिरिषा ढकाल।
(लेखक ढकाल भाटभटेनी सुपरमार्कटको नियमित ग्राहक हुन।)
0 Comments