२२ कात्तिक २०७७, तनहुँ ।
अहिले तनहुँको सदरमुकाम दमौलीबाट ८ किलोमिटरको दुरीमा रहेको मानहुँकोटमा दिनहुँ पर्यटकको चाप बढ्दा सबैको चासो बढ्दै जान थालेको छ। बिहान ५ बजेदेखि ७ बजेसम्म सुर्यदय हेर्नेका निम्ति पर्यटक आउने गर्दछन।टिकटक देखि सामाजिक संजालमा केहीदिन देखि भाइरल भईरहको हुनाले पनि मानिसलाई एकपटक पुग्यौं भन्ने छ।
केही वर्ष अगाडिसम्म सदरमुकाम नजिकै भए पनि मानहुँकोट कसैले चिन्दैन थिए। त्यस ठाउमा बसोबास गर्ने मानिसहरू पनि स्वास्थ,खानेपानी,विद्युतबाट बञ्चित जस्तै थिए। खानेपानी लिन त घण्टौँसम्म हिड्न पर्ने बाध्यता थियो। अझै मानहुँकोट पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन र पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न करिब दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।अहिले सवारीसाधनमा २०/२५ मिनेटमा पुगिन्छ।
अहिलेको मानहुँ बनाउन आजभन्दा १६/१७ वर्षदेखि यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर अभियान चलाएका युवाहरू मध्ये एक चाम थापा हुन्।
मानहुँमा नै जन्मिएका थापाले शुरूका दिनमा मानहुँ बनाउनका निम्ति प्रचारप्रसार देखि विकासमा पूर्वाधार बनाउनका निम्ति सम्बन्धित निकायलाई निकै घचघचाउने गर्थे।विशेष गरी आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थलमा रूपमा स्थापना गर्नुपर्नेमा थापाको जोड रहदै आएको थियो। सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा हुन्छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् ।
हुनत: राज्य संयन्त्रबाट यस विषयमा चाहना उठाउनु पर्ने हो तैपनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना पूरा हुन कठिन हुन्छ।जनस्तरमा आवाज नउठाउनञ्जेलसम्म सरकारले सुन्दैन तर थापा आफ्नो गाउको लागि जुन माध्यम लगाएर भए पनि मानहुँ बासीको जिबन उकास्न चाहन्थे।हुन त मानहुँ बनाउन स्थानिय हिरा थापा,बिरबहादुर थापा लगाएको देन पनि नभएको होइन।उनिहरूको पनि देन रहेको छ। स्थानिय निर्वाचन भएपछि वडा अध्यक्ष निर्वाचित भएपछि मोहनकुमार श्रेष्ठले पनि मानहुँ बनाउनका लागि मेहनत गरेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पहलमा सडकको ट्रयाक खोल्न बजेट हाल्दिएपछि विस्तारै त्यस ठाउको दिनहुँ फेरिदै गएको थियो। पछि पनि पौडेलकै पहलमा कालोपत्रेका लागि १० करोड बजेट बजेट परेको थियो।चरणबद्ध रूपमा काम भइरहेको छ।
कोभिड-१९ का कारण मानिसलाई घरमा बस्दा बस्दै दिक्क लागेको हुनाले आनन्द लिन र मनोरम दृश्य अवलोकन गर्ने मानिसहरू आसपासका जिल्ला देखि राजधानी र देखि देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका छन्। मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ।
स्रोत: प्रकाश अधिकारी
(अधिकारी सेतिमोदी राष्ट्रिय दैनिकको उप सम्पादक एवंम नेपाल प्रेश युनियन तनहुँको साख सचिब हुनुहुन्छ ।)
1 Comments
मानहुँ कोट होईन । स्थानीय जनबोलीमा यस डाँडाको नाम `मान्हुङ्ग कोट´हो । जुन शब्द मगर भाषाको माना + ल्हुङ्ग मिलेर बनेको हो । जसको अर्थ माना जस्तै आकार भएको ढुङ्गा भन्ने हुन्छ । पहिले यस ठाउँमा माना आकारको ढुङ्गा भएकोले यहाँ बसोबास गर्ने आदिवासीहरुले यो ठाउँको नाम मानाल्हुङ्ग राखे । जुन बोल्दै जाँदा मान्हुङ्ग बनेको छ । यस स्थानको ऐतिहासिकता जोगाउने हो भने यसलाई मान्हुङ्ग नै लेखिनु पर्छ ।
ReplyDelete