Time

Ticker

6/recent/ticker-posts

नागरिक आन्दोलनको आह्वान गर्दै विश्व हिन्दु माहासंघ कास्की अध्यक्ष संकर खरेल

२४ कात्तिक २०७७, पोखरा।
देशलाइ वैदिक सनातन हिन्दु राष्ट्रको ओकालत गर्न, मौलिक सांस्कृति र सभ्यतायुक्त स्वतन्त्र राष्ट्रको पक्षपोषण गर्न सामाजिक अभियानता (अगुवा) एवंम विश्व हिन्दु माहासंघ कास्की नेपालका अध्यक्ष संकर खरेलले नागरिक आन्दोलनको आह्वान गर्नु भएको छ। 

सामाजिक सञ्जाल फेसबुकमा नेपाली सेनाको अपरिहार्य हस्तक्षेप र नागरिक आन्दोलन को औचित्य किन प्रश्न उठाउदै  "के तपाई साच्चिकै नेपाली नागरिक भएर बाच्न चाह्नुहुन्छ ? आउनु होस सहकार्य गरौं ।
अब बोलेर लेखेर मात्र हुदैन अबको आबस्यकता नागरिक आन्दोलन बाट नागरिक सरकार नागरिकतन्त्र, राष्ट्रियता, नागरिकको जीवन तथा स्वतन्त्रताको रक्षाका लागि ,कानुनको शाशनको प्रत्याभूति र धर्म सापेक्ष हिन्दु राष्ट्र सहितको राष्ट्र निर्माणको लागी 
१. नेपाल लाई असफल राष्ट्रबाट जोगाउन ।
२. हाइटी,कङ्गो र रुवाणडा मा जस्तो जातिय द्वन्द मचाएर गृहयुद्धको भुमरीमा पार्न खोज्ने बाट बचाउन
३.  अफगानिस्तान जस्तो शक्ति राश्ट्रको चेपुवा बाट बचाउन
४. असम्लग्न राष्ट्र नीति लिएर सबै सङ्ग सहृदयी सह अस्तित्व कायम गर्न
५. लोकतन्त्रलाई लुट तन्त्र बाट बचाउन"  फेसबुकमा स्टाटस लेखिएको  छ।

साथै उहाले कोरोना संक्रमणको जोखिम र भयवहलाई इङ्कित गर्दै हस्पिटलमा वेड खाली  छैनन् , संक्रमीत विना चेक खुलमखुला हिडेका छन ।राज्यले हात उठाइसक्यो,सबै क्षेत्रमा लथालिङ्ग छ।जनता निराशा छ्न। अबको विकल्प के प्रश्न उठाउनु भएको छ।

अहिलेको सरकार र परिपाटीले निकट भविस्यमै कुनै पनि कारणले गृहयुद्ध र विदेशीको रणभुमी बन्नेमा चिन्ता जाहेर गर्दै नागरिक आन्दोलनको अपर्हिहार्यता किन बुदागत रुपमा आफ्नो धारणा राख्दै संकर खरेल लेख्नुहुन्छ:

"नेपाल र नेपालीको पहिचान नै नामेट पार्ने वर्तमान संविधान,लोकतन्त्रको नाममा लूट तन्त्र मच्चाउने पार्टी ,जनता प्रती जवाफदेहि नभएको सरकारलाई जति दिन हामीले पाल्नेछौ त्यति देशको अस्तित्व नै संकटमा पर्ने छ।
१. अब छिट्टै नेपाल असफल राष्ट्र घोषणा हुदैछ त्यही बहानामा संयुक्त राष्ट्रसंघको हस्तक्षेप हुनेछ र विदेशी सेना भित्रीने छ।
२. जातीय ,धार्मिक र नस्लिय भडगाब पारी गृहयुद्धको रचना गरिने छ र विदेशी हस्तक्षेप हुनेछ।जस्तै रुवाणडा ,हाइटी र कङ्गोमा भएजस्तो लक्षण देखिएका छ्न।
३. छिमेकी शक्ति राष्ट्र बिच द्वन्द मच्चाउन एउटा पक्ष उद्द्त छ त्यसको चेपुवामा नेपाल पर्ने छ र यो रणभुमिमा परिणत हुनेछ।
४. युरेनियम लगायत खनिज तत्व र चीन विरुद्धको लडाइ तयारी को लागि नेपाल रणभुमी हुनेछ ।जस्तै mcc पास गराउने योजना बाट प्रष्ट हुन्छ।
५. अफगानिस्तान मा जस्तै अतिवाद सृजना गरि मङोल नेसनल अर्गनाइजेसन र विप्लव जस्ता शक्ति हुर्काइएको छ र त्यस्बाट उत्पन्न विवाद समाधानको नाममा विदेशी हस्तक्षेप हुनेछ।

अहिलेको सरकार र परिपाटीले निकट भविस्यमै यी माथी उल्लेखित कुनै पनि कारणले गृहयुद्ध र विदेशीको रणभुमी बन्ने निश्चित छ। यसर्थ विदेशी सेनाको हस्तक्षेप भन्दा नेपाली सेनाको हस्तक्षेप नै भन्दा राम्रो हुनेछ।तसर्थ वेलैमा सोचौं र नागरिक आन्दोलनमा सहभागी बनौं ।।अहिलेसम्म वास्तविक लोकतन्त्र नै आएको छैन अब प्रजातन्त्रमा नागरिक तन्त्र स्थापित गरौं । "


Post a Comment

0 Comments